नदीपुरको कोपिल ढुंगामा मापदण्ड विपरित निमार्ण भएका भौतिम संरचना भत्काउदैँ ढलान गरिदैँ
4-June-2017


उमा आलेमगर
पोखरा, २१ जेठ 


पोखरा लेखनाथ महानगरपालीका वडा नम्बर ३ स्थित नदीपुरको कोपिल ढुंगा ठाडो बाटोमा मापदण्ड विपरित निमार्ण भएका भौतिक संरचना भत्काउन सुरु गरिएको छ । मापदण्ड विपरित निमार्ण भएका भौतिक संरचना भत्काउदैँ ढलान गर्न लागिएको हो । 

पोखरा लेखनाथ महानगरपालीकाबाट प्राप्त १० लाख र जनश्रमदानबाट ५ लाखको लागतमा उक्त जिर्ण सडकमा ढलान गर्न लागिएको कोपिल ढुंगा ठाडो बाटो उपभोक्ता समितिका अध्यक्ष विष्णुशंकर ख्वाउजुले बताए । उनका अनुसार मापदण्ड विपरित निमार्ण भएका भौतिक संरचना भत्काएसंगै एक सय ५० मिटर ९ क्षेत्रमा ६ मिटर चौडा सडक निमार्ण गर्न लागिएको हो । 

शनिबार देखि सुरु भएको उक्त निमार्ण कार्य एक हप्तामा सकिने गरी हाल द्रुत गतिमा काम भई रहेको समितिका अध्यक्ष ख्वाउजुले बताए । विन्ध्यवासिनी तथा अधिकारीटोल देखिको भलपानी आउने भएकोले गर्दा उक्त सडक क्षेत्रमा कालोपत्रे भन्दा ढलान गर्न लागिएको उनले जनाए । 

Write a Comment