नेपथ्य लाइव कन्सर्ट आयोजकले प्रधानमन्त्री राहत कोषमा नगद ५ लाख प्रदान
15-June-2015

त्रिलोचन कोइराला / युएई ,  दुबईमा गत  मे २१ तारिक आयोजना गरिएको नेपथ्य लाइव कन्सर्ट  कार्यक्रमको आयोजकले  महाभुकम्प दैबीप्रकोपमा परेका नेपालीलाई सहयोग स्वरूप नगद ५ लाख प्रदान गरेक छन 
प्रधानमन्त्री राहात कोषको एभरेष्ट बैकको खातामा नेपथ्य लाइव कन्सर्ट दुबाईको नाममा गत २९ गतेनगद ५ लाख जम्मा गरिएको आयोजक राजन अधिकारीले बताएका छन | अधिकारीले दिएको जानकारी अनुसार कार्यक्रम ब्यबसाहिक भए पनि देशमा विनासकारी भूकम्प आएपछि सहयोगार्थ गरिएको थियो |


देशमा महाभूकम्प आए पछी नेपथ्य लाइव कन्सर्ट कार्यक्रमका आयोजक जश पाईजा र राजन अधिकारीले एक बिज्ञप्ति निकाल्दै यो प्राकृतिक विनाशको जनधनको क्षतिपछि आवश्यक राहत,उद्धार र पुनर्स्थापना अभियानमा कार्यमा सहयोग गर्ने  प्रतिबद्धता गरेका थिए  । रास्ट्रिय ओतप्रोतले भावनाले राहतका लागि नेपथ्यले संगीत यात्रा थाल्ने थालेको थियों  |नेपथ्यले देश शोकमा डुबेको बेला आफ्ना पूर्व निर्धा्रित तथा आगामी कार्यक्रमलाई भूकम्प पीडितको राहत संकलन तथा त्यसबारे जनचेतना अभियानमा समर्पित गर्ने बताएको थियो ।
देश रोहेको बेला हाम्रो आशुलाई शक्तिमा बदल्न पुर्ब्निधारित सांगीतिक कार्यक्रम स्थगित नगरिएको बताउएको थियो |  दुबईमा अहिले सम्म गरिएको नेपाली कार्यक्रमहरु मध्ये नेपथ्य लाइब कन्सर्टलाई सबै भन्दा ब्यवस्थित कार्यक्रमको रुपमा हेरिन्छ । आयोजकले  कार्यक्रम सहयोगार्थ गरिएपछी  बिसम अबस्थामा  सफल बनाउन सहयोग गर्नुहुने सबैलाई बिशेष धन्यवाद दिएको छ |