विश्व वातावरण दिवसः प्रकृतिको प्रयोग र संरक्षणमा सन्तुलन कायम गर्न राष्ट्रसंघको जोड
4-June-2017


जकसन डटकम
पोखरा, २२ जेठ

विश्व वातावरण दिवस सोमबार ‘प्रकृतिसँग हाम्रो सम्बन्ध ः रहिरहोस् अनन्त’ भन्ने नाराका साथ मनाईंदैछ । प्रकृतिको सन्तुलनले मात्र मानव अस्तित्वको संरक्षण हुन सक्ने भन्दै यस वर्ष यो नारा तय गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाइने गरिन्छ । प्रकृति, प्राकृतिक वातावरण, वन र जैविक विविधतालाई जोगाउन सकेमा मात्र वातावरणीय दुष्परिणाम, जलवायु परिवर्तनका नकारात्मक प्रभाव तथा विपद न्युनीकरण सकिने विज्ञहरुको भनाई छ ।

दिवसको अवसरमा शुमकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रकृति र प्राकृतिक वातावरणको संरक्षण गरी पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा अझ सक्रिय हुन आह्वान गर्नुभएको छ । सबैलाई स्वच्छ, स्वस्थ र सन्तुलित प्रकृति र प्राकृतिक वातावरणका लागि उहाँले शुभकामना व्यक्त गर्नुभएको छ । 

मानिस प्रकृतिको संरक्षक र भक्षक दुवै रहेकाले प्रकृतिको संरक्षण र प्रयोगबिच सन्तुलन मिलाएर वातावरणको संरक्षण गर्नु पर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ । प्रविधिको विकास, प्रकृतिमाथिको निर्भरतामा वृद्धि, मानवीय क्रियाकलाप तथा विकासका कामले पनि वातारण क्षयीकरणमा प्रभाव पारेकाले विश्व समुदाय एक भएर संरक्षण लाग्नु पर्ने राष्ट्रसंघको भनाई छ ।

राष्ट्रसंघले यो वर्षको दिवसलाई दीगो विकास लक्ष्य २०३० सँग जोडेर मनाएको छ । जनचेतना र मानवीय वातावरणको सुधार वातावरणीय संरक्षणको मूख्य एजेण्डा रहेको भन्दै मानवीय क्रियाकलापलाई वातावरणमैत्री बनाउनु पर्नेमा राष्ट्रसंघले जोड दिएको छ ।

Write a Comment

Events