महिन्द्राको एक्सचेन्ज सकियो, १२ वटा गाडी वुकिङ्ग
10-June-2017


जकसन डटकम
पोखरा, २७ जेठ


महिन्द्रा केयुभि १ सयको एक्सचेन्ज अफर कार्यक्रममा १२ वटा गाडी वुकिङ्ग भएका छन् । 

बतास व्रदर्श प्रालिको आयोजनामा महिन्द्रा शोरुम वुद्धचोकमा  जेठ २५ देखी २७ सम्म भएको कार्यक्रम सफल भएको र प्रवद्र्धनात्मक कार्यक्रमहरु आगामी दिनहरु पनि जारी रहने सेल्स मेनेजर पुष्पराज वरालले जानकारी दिए । 

एक्सचेन्ज अफरमा जुनसुकै पुरानो गाडीसँग नयाँ केयुभि  १ सय साटफेर गर्न सकिने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ । केयुभि १०० को मुल्य पेट्रोल ईन्जिनमा २६ लाख ९५ हजार देखी  ३१ लाख ९५ हजार रहेको र डिजेलमा  ३१ लाख ४५ हजार देखी ३६ लाख ४५ हजार सम्म रहेको शोरुम ईन्चार्ज विमल भण्डारीले वताए । 

Write a Comment