नेपालभरिका लियो पोखरा आउने
12-June-2017


उमा आलेमगर
पोखरा, २९ जेठ

नेपालभरि छरीएर रहेका लियो क्लवका सदस्यहरु पोखरा आउने भएका छन् । लायन्स अन्तराष्ट्रिय सय वर्ष पुगेको अवसरमा यही असार २ र ३ गते पोखरामा विशेष कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक आदर्श मोहन भट्राईले जानकारी दिए ।  लायनवादको सय वर्ष पछि, अवको गन्तव्यमा लियोहरु कता र कसरी अगाडी वढ्ने भन्ने विषयमा वृहत छलफल हुने जानकारी दिए ।

लियो मल्टिपल डिस्ट्रिक ३२५ को आयोजना र पोखरा र लेखनाथका सवै क्लवहरुको व्यवस्थापनमा नेपाल भरीका २ सय १४ वटा क्लवका अध्यक्ष, आगामी वर्षका अध्यक्ष लयाएत सदस्यहरु समेत कार्यक्रममा सहभागी हुने भएका छन् । 

कार्यक्रमले पोखराको पर्यटन प्रवद्धनमा टेवा पुराउनुका साथै विभिन्न ठाउँको स्थान प्रवद्र्धन समेत गरीने आयोजकले जानकारी दिएका छन् । सो मिटमा ५ सय जना सहभागी हुने अपेक्षा गरीएको र सहभागी हुन अनलाई मार्फत फर्म भर्न समेत आग्रह गरेका छन् ।

Write a Comment

Events
Random Picks