विश्वका होचा खगेन्द्र डिस्चार्ज, उपचारमा सहयोग गर्ने गृहमन्त्री शर्माको आश्वासन
13-June-2017


उमा आलेमगर
पोखरा, ३० जेठ


उपचाररत विश्वका होचा व्यत्तिको रुपमा विश्व कृर्तीमान राखेका खगेन्द्र थापा मगर डिस्चार्ज भएका छन् । काठमाण्डौंमा १० दिन उपचार पछि उनी मंगलबार डिस्चार्ज भएका हुन् । खगेन्द्रको बेहोस हुने कारण हालसम्म पक्ता लगाउन नसकिए पनि उनको स्वास्थ्यमा सुधार आएकोले काठमाण्डौंको चिरायु अस्पतालले मंगलबार डिस्चार्ज गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिन बहादुर रानाले बताए । 

मंगलबार अस्पतालले डिस्चार्ज गरे पनि भोलि बुधबार खगेन्द्र पोखरा फर्किने भएका छन । यस अघि उनको पोखरा, काठमाण्डौंका ४ वटा अस्पतालमा उपचार भएको हो ।

यसैबिच खगेन्द्र सहितको एक टोलीले मंगलबार गृहमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेका छन् । हालसम्म खगेन्द्र बेहोस हुने मुख्य कारण पक्ता लगाउन नसकिए पछि आफुहरुले उपचारको लागि गृहमन्त्री जर्नादन शर्मा प्रभाकरसंग मंगलबार भेटवार्ता गरेको प्रतिष्ठानका अध्यक्ष मिन बहादुर राना मगरले बताए । गृह मन्त्री शर्माले खगेन्द्रको स्वास्थ्य अबस्था हेरेर प्रधानमन्त्रीसंगको सहकार्यमा खगेन्द्रको उपचार गर्ने बिषयमा आफुहरुले छलफल गरेर केहि सहयोग गर्ने बताएका छन । आईतबार प्रधानमन्त्री शेरबहादुर देउवासंग खगेन्द्र सहितको टोलीले भेट वार्ता गरेको थियो । प्रधानमन्त्री देउवाले पनि खगेन्द्रको उपचारको लागि सहयोग गर्ने वचन दिएका छन ।

खगेन्द्रको उपचारमा हालसम्म पोखरा देखि काठमाण्डौंका अस्पतालले समेत निशुल्क उपचार गराउदै आएको प्रतिष्ठानले जनाएको छ । खगेन्द्रको उपचारमा सहयोग गर्ने अस्पताल प्रशासन प्रति प्रतिष्ठानले धन्यवाद दिदै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गरेको प्रतिष्ठानका अध्यक्ष रानाले बताए । अस्पतालको शुल्क बाहेक औषधिमा मात्र करिब ४० हजार खर्च भएको रानाले बताए । 

काठमाण्डौंको चिरायु, मनमोहन मेमोरियल मेडिकल कलेज, पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र फेवा सिटी अस्पतालले निशुल्क सेवा दिएका हुन । खगेन्द्र परिवारकोे आर्थिक अबस्था कमजोर भएकोले प्रतिष्ठानले विभिन्न अस्पताल तथा संंघ संस्थाबाट एवं व्यक्तिको सहयोगले स्वास्थ्य उपचार गर्दै आएको छ । बाग्लुङ धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र हाल पोखराको सृजनाचोकमा बस्दै आएका छन । 

Write a Comment

Events
Random Picks