ठकुरी समाजद्धारा हिमानी शाह अभिनन्दित
14-June-2017


जकसन डटकम
पोखरा, ३१ जेठ

पुर्व युवराज्ञी एवं हिमानी ट्रष्टका संस्थापक हिमानी शाहलाई एक विशेष समारोहका विच बुधबार नेपाल ठकुरी संगम परिवार कास्कीले अभिनन्दन गरेको छ । शाहलाई नेपाल ठकुरी समाजका अध्यक्ष क्या. फमबहादुर शाही, ठकुरी महिला समाजकी अध्यक्ष करुणा हमाल लगाएतले अभिनन्दनपत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

शाह आउने खवर पाएका सर्वसाधारण प्रत्यक्ष हेर्न तथा दर्शन गर्नको लागि सयौ.को संख्यामा आएका थिए । अति छोटो समयको लागि छोरेपाटनस्थित समाज घरमा आउनु भएकी शाहसंग आफ्ना भावना समेत साटेका थिए ।

शाहको साथमा छोरा हृदयन्द्र शाह पनि आएका थिए । उनिहरुले समाजका गतिविधि तथा कार्यालय अभिरुचिका साथ अवलोकन गरेको थिए । समाजका अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अशिलकुमार शाहीले र संचालन सचिव रामबहादुर हमालले गरेका थिए । 

 

Write a Comment

Events
Random Picks