१४ औं रोपाइँ महोत्सवको आयोजना गरिने
16-June-2017


उमा आलेमगर
पोखरा, ०२ असार

हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरामा रोपाई महोत्सवको आयोजना गरिने भएको छ । पोखरा लेखनाथ–१६ का कृषक गोविन्दबहादुर थापाको अर्मलास्थित ठूली वेंशी फाँटमा रहेको २० रोपनी क्षेत्रफलको खेतमा महोत्सवको आयोजना गरिने भएको हो । असार १५ मा लेखनाथ–१६ का कृषक गोविन्दबहादुर थापाको अर्मलास्थित ठूली वेंशी फाँटमा रहेको २० रोपनी क्षेत्रफलको खेतमा १४ औं रोपाईँ महोत्सवको तयारी तीव्र पारिएको पोखरा महोत्सव गरिन लागिएको स्थानीय सहयोग समितिका सचिव केशब बस्नेतले जानकारी दिए । 

उनका अनुसार रोपाईँ महोत्सवको करिब ७५ प्रतिशत तयारी पूरा भएको छ । महोत्सवमा ४ हल र बाउसे रोपाहारको व्यवस्था मिलाइएको छ । गुफैगुफाको शहर महेन्द्रगुफा नजिकै रहेको ठूलीवेंशी फाँटमा गरिने रोपाईँ महोत्सवले त्यस क्षेत्र पर्यटन प्रवद्र्धन गरी ‘केभ साइड’ का रुपमा विकास गर्न सहयोग पुग्ने स्थानीयबासीको विश्वास छ ।  

यसैबीच रोपार्इँ महोत्सव स्थानीय सहयोग समितिले बुधबार स्थानीय संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गरेको छ । छलफलमा विभिन्न आमा समूहसहितका ३५ वटा सामाजिक संससंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता थियो । सहभागीहरूले १४ औं रोपाईँ महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘मानो खाएर मुरी उब्जाउन’ पोखराका पर्यटन व्यवसायीले महोत्सवका रुपमा मनाउँदै आएका छन् । महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, आमा समूहबीच असारे गीत तथा रोपाईँ प्रतियोगिता, हिलो दौड, रस्साकस्सी लगायतका प्रतियोगिता समावेश गरिएको पोखरा पर्यटन परिषद्ले जानकारी दिएको छ ।  

Write a Comment

Events
Random Picks