
उमा आलेमगर
पोखरा, ०२ असार
पत्रकार महासंघ कास्कीका कार्य समिति सदस्य पत्रकार प्रकाश ढकाललाई संचारिका समुह पश्चिमाञ्चलको पहलमा संकलित हस्तान्तरण गरिएको छ । सञ्चारिकाको पहलमा संकलित रकम १८ हजार ५ रुपैँया आज एक कार्यक्रमकाबीच ढकाललाई हस्तान्तरण गरिएको छ ।
सहयोग गर्नेहरुमा सञ्चारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्मा, उपाध्यक्ष विमला भण्डारी, महासचिव कविता श्रेष्ठ, कोषाध्यक्ष राधिका कडेँल, सल्लाहकार सिता बराल, सदस्यहरु कञ्चन थापा, उमा आलेमगर, दुर्गा रानामगर, सन्तोषी श्रेष्ठ, सपना अधिकारी, शोभा भण्डारी, सानु पौडेल, रविना ढकाल, सोनिया लामा, कविता घर्तीमगर, पत्रकार स्मिता अधिकारी, तारा चापागाई, ज्योति हमाल, प्राज्ञ नगेन सिंह ठकुरी, साँग्रिला मरासिनि, गोल्डेन आई टेलिभिजनका स्टेसन म्यानेजर अनिसा श्रेष्ठ रहनुभएको छ ।