बाटुलेचौरमा यस बर्षपनि तीज मेला हुने
18-June-2017


उमा आलेमगर
पोखरा, ०४ असार

पोखराको बाटुलेचौरमा पनि यस बर्ष तीज मेलाको आयोजना हुने भएको छ । विगतका बर्षहरुमा जस्तै नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज पर्वको अवसरमा स्थानिय हिमालय क्लवले ऐतिहासिक बाटुलेचौर तीज मेलालाई निरन्तरता दिन लागेको हो । 

मेलाको विषयमा छलफल गर्न आयोजित भेलाले क्लवका मानार्थ सदस्य बेनीबहादुर बस्नेतको संयोजकत्वमा २८ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । मेलाको सह–संयोजकमा जगन्नाथ तिमिल्सिना, चन्द्रशोभा गुरुङ र सदस्यहरुमा क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठ, सन्जय अधिकारी, राजु खड्का, विष्णु थापा, सीता थापा, सुशील बस्नेत, जितबहादुर खड्का, बैकुण्ठ पौडेल, बलबहादुर थापा, सुमन बस्नेत, ताराकुमारी अधिकारी, केशव बस्नेत , मेहरमान थापा, दुर्गाबहादुर गुरुङ, शिवराज देवकोटा, दुर्गा के.सी थापा, रामजी जि.सी, चित्रबहादुर थापा, तोपनारायण श्रेष्ठ, कमला तिमिल्सिना, लक्ष्मी श्रेष्ठ, गुञ्जमान सिंह घर्ती, सुन्दर मानन्धर, कोषाध्यक्षमा प्रकाश थापा र समितिको सदस्य सचिवमा मोहनबहादुर थापा चयन हुनुभएको छ । 

समितिले आवश्यक संख्यामा उपसमिति निर्माण गरी तयारीलाई तीव्रता दिने जनाएको छ । मेलामा लोप हुने अवस्थापमा पुगेको “हम्काइलो भाका”समेत प्रस्तुत गरिने बताइएको छ । 

Write a Comment

Events
Random Picks