हुग्दिखोलामा ट्रक खस्दा तीनजनाको मृत्यु
23-June-2017


जकसन डटकम
धादिङ, ०९ असार


पृथ्वी राजमार्ग अन्तरगत पर्ने धादिङको बेनीघाटरोराङ्ग गाँउपालिका वडा नम्बर–९ सिथ्त हुग्दीखोलामा शुक्रवार विहान ५ वजे तिर भएको सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । काठमाण्डौबाट मुग्लिन तर्फ जाँदै गरेको ना ६ ख ३१२३ नम्वरको ट्रक हुग्दी खोलाको पुलबाट ५० मिटर तल खसेर भएको दुर्घटनामा परी ट्रकमा रहेका तीन जनाकै ज्यान गएको हो ।  

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा नुवाकोट जिल्लाका १९ वर्षीय सन्जु राई, पर्सा जिल्ला ठोरीका वर्ष २५को जिवन लामा र बारा जिल्ला सिमाराका ४६ वर्षिय नरबहादर खत्री रहेको प्रहरीले जनाएको छ । दुई जनाको घटनास्थलमानै र जिवन लामाको उपचारका लागी अस्पतालमा लग्ने क्रममा मृत्यु भएको ाप्रहरी चौकी जोगिमाराले जानकारी दिएको छ । 

Write a Comment