बाढीले दोविल्लाको ४० घर र पुल जोखिममा
1-July-2017

उमा आलेगम
पोखरा, १८ असार

लगातारको वर्षा पछि आएको बाढीले दोविल्लाका ४० घरधुरी उच्च जोखिममा परेका छन् । शुक्रबारबाट परेको अविल वर्षापछि फुस्रेखोलामा आएको बाढीले पोखरा लेखनाथ महानगरपालिकाको वडा नं.  १७, २३ र ३३ का ४० घरधुरी उच्च जोखिममा परेका हुन् ।

खोलामा आएको बाढीले जमिन कटान गर्दै लगेपछि दोविल्लाको पुल पनि जोखिममा परेको छ । दैनिक १० हजार सर्वसाधारण ओहोरदोहोर गर्ने पुल जोखिममा परेको हो ।

बाढीले खानेपानीको पाइप बगाउदाँ, विजुलीको पोल ढाल्नुका साथै पक्की सडक बगाउँदा स्थानियवासी विजुली, खानेपानी यातायातबाट वञ्चित भएका छन् भने वस्ती नै जोखिममा परेको छ । 

Write a Comment

Events
Random Picks