पोखराको हेम्जामा मोटरसाइकल र स्कुटर ठोकियो , एकको अवस्था गम्भिर
2-July-2017

पोखरा, १८ असार 

पोखरा लेखनाथ महानगरपालिका २५ हेम्जाको शान्ति चोकमा मोटरसाइकल र स्कुटर ठोकिएर दुर्घटना भएको छ । 

ग१३प २८८५ नम्बरको स्कुटर र ग७प २१३२ नम्बरको मोटरसाइकल ठोकिदा स्कुटर चालक गम्भिर घाइते भएका छन् । नाम नखुलेका उनलाई अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ ।

Write a Comment