पोखराको सराङकोट जाने बाटो पनि भासियो, सर्वसाधरणलाई सास्ती
2-July-2017

पोखरा, १८ असार 

शनिबार भएको अविरल बर्षाका कारण सडक भासिदा पोखराको सराङकोट जाने अवरुद्ध बनेको छ । सडक भासिदा सराङकोट जाने आउने सवारी सञ्चालनमा आउन सकेका  छैनन  । सडक करिब ५ मिटर लामो र करिब आधा मिटर तल भासिएको हो । तलबाट पहिरो गएका कारण सडक भासिएको स्थानीयले बताएका छन् । सडक भासिए  पछि सराङकोट जाने आउने पर्यटक र कास्कीकोट जाने सर्वसाधारणलाई कठिनाई भएको छ । 

Write a Comment

Events
Random Picks