यतिको जेट विमान ठूलो दुर्घटनाबाट जोगियो
6-July-2017


उमा आलेमगर
पोखरा, २२ असार


यति एयरलाईन्सको एक जहाज विहीबार पोखरामा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट यात्रु लिएर आएको टण्ठ–ढल् ब्व्ऋ कलसाईनको यति एयरलाईन्सको जेट विमान पोखरा विमानस्थलमा अवतरणको क्रममा ठूलो दुर्घटनाबाट जोगिएको हो ।

विमान अवतरणको क्रममा दिउँसो १ बजेर १८ मिनेटमा जहाजको नोज ह्विल लक भएपनि कुनै क्षेति नभएको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी दिए । उनले भने,‘विमान ल्याण्ड हुनेवित्तिकै विमानको नोज ह्विल लक भयो, जसका कारण विमान दायाँ÷बायाँ मोड्न मिलेन । तर क्षेति भने केहीपनि भएन ।’

रन–वे मै विमानको नोज ह्विल लक भएपछि करीब एक घण्टा पोखरा विमानस्थलमा जहाज उडान र अवतरण हुन सकेन । जसका कारण काठमाडौंबाट आएको आर.एयरलाईन्सको विमान पुनः काठमाडौं फर्कनुपरेको थियो । अहिले भने पोखराकै प्राविधिक टोलीले मर्मत गरेर विमानलाई रन–वे बाट हटाएर विमानस्थल सञ्चालनमा ल्याइएको विमानस्थल प्रमुख गुरागाईंले जानकारी दिए ।

Events
Random Picks