प्रधानमन्त्री शेरबहादुर देउवालाई बिशाल भण्डारीको प्रश्न (आखिर को हुन शेर बहादुरलाई प्रश्न गर्ने व्यक्ति ?
8-July-2017


उमा आलेमगर
जकसन डटकम
पोखरा, २४ असार

बीबीसी साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोध्ने एक युवाबारे यतिबेला चर्चा परिचर्चा शुरु भएको छ । पुल्चोक इन्जनरिङ क्याम्पसबाट अध्यन पुरा गरेका ती युवा सागर ढकाल हुन् । उनी यतिबेला हाइड्रो मेकानिकल इन्जिनियर हुन् । साझा सवालमा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कडा प्रश्न गरेको भन्दै सामाजिक सञ्जालमा समेत चर्चा भइरहेको छ । साझा सवालमा भएको कार्यक्रम बारे सागरले थप खुलाशा गरेका छन् ।

‘हिजो बीबीसी साझा सवालमा प्रधानमन्त्री शेरबहादुरसँग उहाँको निवास बालुवाटारमा मेरो र उहाँको नराम्ररी झोक्काझोक्की नै भयो,’ उनले भने,‘मेरो प्रश्नले प्रधानमन्त्रीको मन मस्तिस्कमा नराम्ररी घोचेको हुनुपर्छ ।’त्यस्तै उनको प्रश्नबाट देउवा निकै रिसाएको समेत सागरले बताएका छन् ।‘विद्याजीले तपाईंको प्रश्नले बहस तात्यो भन्नु भयो । यतिसम्मकी सम्पूर्ण उपस्थित जनता नै सहि प्रश्न गर्दा उत्तर नदिएर उल्टै रिसाउने भनेर सबै कराएर केहि उठेपछि चाहीँ आँखा रातो बनाएर संयमित हुनु भो ।’

सागरले प्रधानमन्त्रीलाई सोधेको प्रश्न उनकै शब्दमा

१) सिंगापुरका लि क्वान यु जिन्दगि भर ७० वर्ष राजनीति गरे ढुंगालाई हिरा बनाए, तपाइले जिन्दगीभर ७० वर्ष राजनीति गर्नु भो हिरालाई ढुंगा बनाइदिनु भो ! तपाइलाई नेपाली जनता र पशुपतिले कारबाही गर्ने कि नगर्ने ? ( सबको ताली बज्यो अनि दोस्रो प्रस्न सोधे)

२) विकासकै कुरा गर्दा बिगत ५०(७० वर्ष सिंगापुर, अमेरिका,बेलायत,चिनका सम्पूर्ण प्रधानमन्त्रीररास्ट्रपति बिद्यार्थी जीवनमा देशकै अति उत्कृष्ट सफल र अब्बल बिद्यार्थी थिए र देशलाई पनि आफु जस्तै अति बिकसित बनाए  िएउटा सानो उदाहरणको लागि बेलायतको बिगत ७० वर्ष देखिका सम्पूर्ण प्रधानमन्त्री अक्सफोर्ड बिस्वबिद्यालयका मात्र छन्, जुन आम बेलायतीलाई छुन नसकिने सपनाको सुनौलो संसार मात्र हो, जसको लागि कठोर परिश्रम चाहिन्छ  िअब भन्नुस तपाई जस्ता ५० वर्ष देखि बनिरहेका आसा र सिधान्त मात्र देखाउने विकास केहि नगर्ने, देशलाई चरम गरिबीमा पुर्याउने प्रधानमन्त्रीहरुबाट यो गरिब देशले कहिले उन्मुक्ति पाउने ? हामी सबै नेपाली जनता साचै तपाईजस्ता प्रधानमन्त्रीबाट कति आतिएका छौ, ख्याल गर्नुभाछ ? - I asked only these two questions

 

३) राणा सासन र गणतन्त्रमा फरक के छ, इस्पस्ट पर्दिनु पर्यो प्रधानमन्त्री ज्यु ? जनतालाई फरक के भयो ? कम्युनिस्ट (चिन) र प्रजातन्त्र (अमेरिका) मा फरक के छ इस्पस्ट पर्दिनुपर्यो ? राणा सासन र पंचायतमा कम्तिमा बिस्वका अरु देशको तुलनामा मान(सम्मान सहित विकास त थ्यो , चामल(सेना बेलायत पठाऊथ्यौ , काठमाडौँ संसारकै सुन्दर उपत्यका थियो , बेलायतका महारानीले बिस्वकै सक्ति साली मुलुक जत्तिकै सम्मान दिन्थे अहिले बिस्वको सबै भन्दा गरिब देश जहाँ जनताले आफुले चाहेको मन्त्रि र प्रधानमत्री पनि छान्न पाउदैनन , येस्मा के भन्नु छ प्रधानमन्त्री ज्यु ? (एउटा दिदिलाई प्रस्न सोध्दीन भनेर पुरै लेखेर नै सिकाको तर प्रश्नै घोक्नु भएछ विद्या र शेरबहादुरले प्रश्नै घुमाएर जाजरकोट पुराईदिए)

Write a Comment

Events
Random Picks