कर्म कर्ण पत्रकारिता पुरस्कार हुम गुरुङलाई प्रदान गरिने
10-July-2017


उमा आलेमगर
पोखरा, २७ असार

यस वर्षको ‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार हुम बहादुर गुरुङलाई प्रदान गरिने भएको छ । समाजसेवी तथा तमु धीं नेपालका अध्यक्ष कर्मा गुरुङद्धारा स्थापित फोनिज कास्की द्धारा प्रदान गरिने ‘कर्म कर्ण‘ आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७४ विगत १६ वर्षदेखि पोखरामा आदिवासी जनजातिको पक्षमा आवाज उठाउर्र्दै आएका हुम बहादुर गुरुङलाई प्रदान गरिने भएको हो । 

फोनिज कास्कीद्धारा गठित पुरस्कार छनौट समितीका संयोजक सरस्वती गुरुङ, फोनिजका सल्लाहकार राजबहादुर गुरुङ र फोनिज अध्यक्ष एमबी आस्था मगरको आइतबार सम्पन्न बैठकले लामो समयदेखि पोखरामा जनजातिको पक्षमा आवाज उठाउदै आएका पत्रकार हुम बहादुर गुरुङलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार आगामी असार २९ गते कर्म गुरुङ्गको वैवाहिक वर्षगाठँको अवसर पारी एक समारोहका बीच प्रदान गरिने छ । गुरुङलाई नगद १५ हजार, दोसल्ला र सम्मान पत्रले सम्मान गरिने छ । 

यस्तै सोहि कार्यक्रममा यस वर्षको ‘जनसेवा श्री पदक’ बाट सम्मानित हुनुभएका कर्म गुरुङ्ग, अशोक पालिखे, छयाम थापा र तिर्थ श्रेष्ठ तथा हालैमा पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पदमा नियुक्त हुनुभएका सुन्दरकुमार श्रेष्ठ सहित स्थानिय तहको निर्वाचित जनजातिका पदाधिकारीहरुलाई समेत सस्थाले सम्मान गर्नेछ । सोही अवसर पारी फोनिज कास्कीले स्थानिय तहको काम कर्तब्य र अधिकार बिषयक बृहत छलफल समेत गरिने फोनिज कास्कीका अध्यक्ष एम बी आस्थाले जानकारी दिए । 

Write a Comment