फेवा किनारमा बेपत्ता भएकामध्ये एक मृत भेटिए, एक अवस्था अज्ञात
10-July-2017


उमा आलेमगर
पोखरा, २७ असार

फेवाताल किनारामा डुबेर बेपत्ता भएकामध्ये एक जना मृत भेटिएका छन् । पोखरा लेखनाथ महानगरपालिका १८ चखंपुरमा फेवाताल किनारामा डुबेर बेपत्ता भएका मध्ये एक जनाको शव भेटिएको । नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले मंगलबार विहान खोजी गर्दा एक जनाको शव भेटिएको हो ।

एक जना भने अझै बेपत्ता छन् । मृतको सव तान्ने क्रममा नेपाल प्रहरीका एक जवान खोलामा डुबे पछि तत्कालै उद्धार गरिएको छ । उनको पोखरा गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ ।

माछा मार्न गएका पोखरा ३ नदिपुरका दुई युवा फेवातालमा आउने हर्पन खोला र खहरे खोलाको पानीमा बेपत्ता बनेका थिए ।

ललित पुन र इन्द्र पुन बेपत्ता भएका थिए । अर्को एक जनाको पनि खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ताको गोता खोरका साहेताले खोजी भइरहेको हो ।

Write a Comment

Events
Random Picks