‘नो हर्न जोन’ सफल बनाउन पोखरामा ट्राफिक प्रहरीको एक महिने अभियान शुरु
12-July-2017


उमा आलेमगर
पोखरा, २८ असार
 
 
पोखरा लेखनाथ महानगरपालिकाले घोषणा गरेको हर्न निशेधित क्षेत्र (नो हर्न जोन) सफल बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले एक महिने अभियान शुरु गरेको छ । साउन १ गतेदेखी पोखरा लेखनाथ महानगरपालिकालाई ‘नो हर्न जोन’ बनाउने अभियान सफल बनाउन ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रमदेखी जरिवाना गर्नेसम्मको अभियान सञ्चालन गरेको हो ।

अभियानको बुधबार पोखरामा एक कार्यक्रमकाबीच बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) विष्णुहरी गौतमले उद्घाटन गर्दै अभियान शुभारम्भ भएको घोषणा गरे । उनले हर्नका कारण मानिसमा मानसिकदेखी विभिन्न किसिमका रोगहरु देखिने भएकाले यसको न्यूनिकरणका लागि हन निशेधित गर्नुपरेको बताए । उनले अभियान सञ्चालन गर्नुमात्र ठूलो कुरा नभएकाले सर्वसाधारण सबैले अभियानमा सहभागी भएर सफल बनाएमात्र यसले सार्थकता पाउने र पोखराको कोलाहल र ध्वनी प्रदुषण नियन्त्रणमा आउने बताए ।

अभियान अन्तर्गत असार २८ गतेदेखी साउन ७ गतेसम्म प्रेसर हर्न निकाल्न लगाउने र हर्न बजाउन निशेध गरिएको जानकारी सवारी चालकहरुलाई गराईने कास्कीका ट्राफिक प्रहरी ईञ्चार्ज प्रहरी निरिक्षक विश्वराज अधिकारीले जानकारी दिए । यसअघी साउन २ गतेसम्म जानकारी गराउने र ३ गतेदेखी कार्वाही थाल्ने बताएपनि छोटो समयमै कार्वाही थाल्दा नकारात्मक सन्देश जाने भएकाले ७ गतेसम्म जानकारी गराउने र ८ गतेदेखी कार्वाही शुरु गर्ने निर्णय भएको कास्कीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले जानकारी दिए । साउन ७ गतेसम्म चोकचोकमा स्वयम्सेवकको सहयोगमा ट्राफिक प्रहरीसमेत प्रयोग गरी पोखरालाई हर्न निशेधित क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै त्यसको उलंघन गरे कार्वाही हुनेबारे जानकारी गराईने अधिकारीको भनाई छ । सचेतनामूलक कार्यक्रम अन्तर्गत असार १ गते ¥यालीसमेत निकालेर जनचेतना जगाउने काम हुनेछ । ७ गतेसम्म यो क्रम जारी रहनेछ ।
 
महानगरले असार १ गतेदेखी नै पोखरा लेखनाथ महानगरलाई हर्न निशेधित क्षेत्र घोषण गरेपनि कार्वाही भने असार ८ गतेदेखी मात्रै शुरु हुने ट्राफिक प्रहरीले स्पष्ट पारेको छ । उनका अनुसार ८ गतेपछि आकस्मिक र घुमाउरो बाटोबाहेक अन्य बेला हर्न बजाए पहिलोपटकमा पाँच सय जरिवाना गरिनेछ । पहिलो पटक उलंघन गर्ने त्यही व्यक्तिले दोश्रोपटक उलंघन गरे एक हजार र त्यो भन्दा बढी पटक उलंघन गर्नेलाई एक हजार ५ सय रुपैयाँसम्म जरिवाना तिराईने उनले बताए ।
 
कार्वाही शुरु गरिएपनि महिनाभरी नै ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिईने ट्राफिक प्रहरीले जनाएको छ । यो बिचमा हन निशेध अभियान सफल बनाउन स्वयम्सेवक परिचालन गर्नेदेखी सञ्चारकर्मी, सरोकारवालासँग अन्र्तक्रिया तथा छलफल, हर्न निशेध बोर्डहरु राख्ने, रेडियो÷टिभी, अनलाईनलगायतका सञ्चारमाध्यमसँग परिसम्बाद, विद्यालय सचेतना कार्यक्रम जारी राखिने अधिकारीले जानकारी दिए । उनका अनुसार पोखराका मुख्य ठाउँहरुमा ट्राफिक सचेतनामूलक भिडियो पनि डिसप्ले गरिनेछ ।
 
ट्राफिक प्रहरीले हर्न निशेध सँगसँगै बस पकेटलाई ब्यबस्थित बनाउँदै त्यसको पालनालाई कडाई गर्ने भएको छ । सार्वजनिक सवारी साधनले बस पकेट बाहेक बिच बाटोमा रोकेर यात्रु चढाएको पाईए कार्वाही गर्ने ट्राफिक प्रहरीले बताएको छ । ट्राफिक ईञ्चार्ज अधिकारीका अनुसार सार्वजनिक सवारी साधन प्रति घण्टा ३० किलोमिटर भन्दा तिव्र गतिमा चलाउन नियम बनाइएले त्यसको उलंघन गरे वा बिच बाटोमै रोकेर यात्रु चढाउने वा झार्ने गरेको पाईए कार्वाही गर्न सिभिल ड्रेसमा ट्राफिक प्रहरी खटाईनेछ । ति ट्राफिक प्रहरीले क्यामरा बोकेर बसको निगरानी गर्ने र तिव्र सवारी चलाए वा बिच बाटोमा सवारी रोकेर यात्रु उकाल्ने÷ओराल्ने गरेमा तत्काल उक्त बसलाई नियन्त्रणमा लिएर ट्राफिक कार्यालयमा लगेर जरिवाना तिराउने र यो क्रम पटक÷पटक गरेमा चालकको लाईसेन्समै प्वाल पार्नेसम्मको कार्वाही गर्ने अधिकारीले बताए ।
 
त्यस्तै, जेब्रा क्रसिङबाहेक अन्य ठाउँबाट बाटो काट्नेलाई पनि जनचेतना जगाउने अभियान पनि सँगसँगै लगिने भएको छ । जस अन्तर्गत जथाभावी बाटो काट्नेलाई बोलाएर चकलेट वितरण गर्ने र सो किन दिईएको बारे जानकारी गराईने भएको छ । चकलेट लिनेलाई गल्ती गरेको महशुष गराउन यो अभियान सञ्चालन गर्न लागिएको ट्राफिक ईञ्चार्ज अधिकारीले स्पष्ट पारे ।
 
यसैगरी पोखराको पृथ्वीचोकदेखी सभागृहचोकसम्म र महेन्द्रपुलदेखी चिप्लेढुङ्गासम्मको क्षेत्रलाई नमूना क्षेत्र घोषणा गरेर सो क्षेत्रमा सडक पेटीमा पार्किङ गर्न निशेध गरिनेभएको छ । सडकमा पार्किङ गर्न नपाएपछि सडक पेटीमा पार्किङ गर्ने क्रम बढेकाले त्यसलाई निरुत्साहित गर्न नमूना क्षेत्र तोकेर अभियान सञ्चालन गर्न लागिएको अधिकारीले बताए ।

Write a Comment

Events
Random Picks