एकदिनमै १० वटा अन्तर्राष्ट्रिय उडान रद्द
18-June-2015

 

भूकम्पपछि नेपालमा हुने हवाइ सेवा पनि प्रभावित भएको छ । नेपालमा उडान भर्दै आएका अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुले यात्रुहरु छैनन भन्दै धमाधम काठमाडौंका लागि हुने उडान रद्द गरेका छन् ।

 

केही विमान त सिमित यात्रु बोकेर पनि काठमाडौं आउने गरेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

 

'भूकम्पका कारण अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुले काठमाडौंमा हुने उडान रद्द गरेका छन्', विमानस्थलका उपनिर्देशक टेकनाथ सिटौलाले सेतोपाटीसँग भने 'अहिले दैनिक २५ वटा मात्र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् ।'

 

सिटौलाका अनुसार भूकम्पअघि नेपालमा कम्तिमा पनि ४५ वटा अन्तर्राष्ट्रिय उडान हुने गर्दथ्यो । भूकम्पका कारण पर्यटकहरु नेपाल आउन छाडेको कारण ती उडानपनि रद्द भएको उनले बताए।

भूकम्पपछि पर्यटकहरु आउने संख्यामा कमी आएको छ भने र नेपाल आउन ठिक्क परेका पर्यटकहरुले पनि टिकट क्यान्सिल गर्ने गरेपछि उडान रद्ध गर्नुपरेको एयरलाइन्स कम्पनीहरुले बताएका छन् । 

 

कतार, थाइ, हङकङ, सिंगापुर, एयर एसिया, मलेसियन एयरलाइन्स लगायतका २६ वटा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुले नेपालमा उडान गर्दे आएका छन् । ती कम्पनीहरुले हप्तामा ५ देखि ७ वटासम्म उडान रद्द गरेको त्रिभुवन विमानस्थलले जनाएको छ । 

 

विदेशी उडानहरु रद्ध भए हुदाँ सिमित पर्यटक नेपाल वायु सेवा निगमका विमान चढेर नै काठमाडौं आउन थालेका छन् ।

source:setopati

http://kinmel.setopati.com/paryatan/26434/

Events
Random Picks