ईजरायलमा कार्यरत नेपालीहरु द्धारा भूकम्प पीडितलाई आर्थिक सहयोग
20-June-2015

जकसन डट कम , पोखरा ५ असार ।
गत बैसाख १२ गतेको भूकम्पमा परी मृत्यु भएका ठगप्रसाद गुरुङको परिवारलाई ईजरायलमा कार्यरत स्यांग्जा बाड्खोलाका सविता च्हम्रु तमुस्यो, वालिङ रामबाच्छाका कमला च्हली तमुस्यो र लमजुङ घले गाँउका यम त्होर्जे तमुले सामुहिक आर्थिक सहयोग गरेका छन । 


स्यांग्जाको कालिकोट गाविस वडा नं ८ का स्थाई बासिन्दा गुरुङको काठमाण्डौको सिता पाईलामा मृत्यु भएको थियो । गुरुङकोे आर्थिक अवस्था कमजोर रहेको र उनका छोराछोरीहरुको विचल्ली भएपछि आँफूहरु मिलेर करिब रु २० हजार आर्थिक सहयोग गरिएको सहयोगी मध्येका सविता च्हम्रु तमुस्योले जानकारी दिनुभयो । 


यसैगरी स्यांग्जाकै किचनास गाविसका दलित तथा भूकम्प पीडित डासे परियारको परिवारलाई एक बण्डल कर्कटपाता र काँटी लगायतका सामाग्रीहरु पनि प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
रकम भएर भन्दा पनि पीडितहरुलाई थोरै भएपनि सहयोग गर्नका लागि आफूहरु नेपाल सम्म आएको सहयोगीहरुको भनाई छ । आगामी दिनमा पनि यस्तै सहयोग गर्दै जाने उहाँहरुले बताउनुभएको छ ।   

Write a Comment

Events
Random Picks