एसएलसीमा २२ औं पटक फेला हुँदा पनि छैन कुनै दुःख र पीडा
21-June-2015

नेपालगन्ज, असार ५  - बाँकेको बागेश्वरी ७ का ४६ वर्षका हर्कसिंह बिकको उच्च शिक्षा पढ्ने  धोको यो पटक पनि पुरा भएन् ।

शुक्रबार प्रकाशन भएको एसएलसीको नतिजामा अनुत्तीर्ण भएपनि उहाँलाई कुनै दुःख छैन । उहाँ योसहित एसएलसीमा २२ पटक अनुत्तीर्ण हुनु भएको छ । २ भन्दा बढी विषय लागेका कारण उहाँले पूरक परीक्षामा सहभागी हुने अवसर समेत पाउनु भएको छैन । उच्च शिक्षा अध्ययन गर्ने आफ्नो धोको पुरा गर्नका लागि यस बर्षपनि एसएलसीमा सहभागी भएको तर परीक्षामा अनुत्तीर्ण भएपनि आफूलाई कुनै दुःख, पश्चताप र निराश अनुभव नभएको बताउनुभयो । परीक्षामा कहिले काहिँ असफल भए भन्दैमा आत्तिन नहुने बताउँदै विकले आगामी परीक्षामा अझ बढि मेहनत गरेर सहभागी हुने बताउनुभयो । ‘प्रयास गर्दै गयो भने एक दिन अवश्य सफल भइन्छ ।’ बिकले भन्नुभयो ‘दृढ बिश्वासका साथ लक्ष्यमा पुग्न प्रयास गर्नुपर्छ ।’ 

गतिलो तयारी नगरी परीक्षामा सहभागी भएको बताउँदै बिकले भन्नुभयो ‘अबको एसएलसीमा भने ट्युसन पढ्छु र घरमा पनि बढि मिहेनत गरेर परीक्षामा सहभागी हुन्छु ।’ जानकी उच्च मावि खजुराखुर्दका एक्जाम्टेडतर्फका परिक्षार्थी विकले आदर्श उच्च मावि खजुरा एकनम्बर केन्द्रबाट एसएलसी परीक्षा दिनुभएको थियो ।

विक पहिलोपटक २०४९ सालको एसएलसी परीक्षामा सरस्वती मावि नेपालगन्जबाट नियमिततर्फका परिक्षार्थी हुनुहुन्थ्यो । उच्च शिक्षा अध्ययन गर्ने धोको पुरा गर्नका लागि विकले पछिल्लो समय तीन वर्षदेखि नियमित परीक्षा दिँदै आउनुभएको छ । 

५० बर्षसम्म अध्ययन गर्ने आप्mनो लक्ष्य रहेको उहाँ बताउनुहुनछ । बागेश्वरी गाविस  ८ मा रहेको ख्रिष्टिय सामुदायिक सेवा मण्डलीका पाश्चर समेत रहेका विक २०४९ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार पनि बन्नुभएको थियो । उहाँ अविवाहित हुनुहुन्छ र एक्लै बस्दै आउनु भएको छ । 

 

Source : http://ujyaaloonline.com/news/45337/Harka-singh-BK-Nepalgunj/

Write a Comment

Events
Random Picks