सेतीको भुमरीमा दुई जनाको शव फेला
24-July-2017


जकसन डटकम
पोखरा, ०९ साउन

तनहुँको शुक्लागण्डकी स्थित सेती नदीमा दुईवटा शव फेला परेको छ । शुक्लागण्डकी ४ दुलेगौडा स्थित रक गार्डेनको भुमरीमा शव भेटिएको हो । आईतबार साँझ स्थानीयले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

एक पुरुष र एक महिलाको शव सेती नदीको भुमरीमा तैरिएको अवस्थामा छ । ईलाका प्रहरी कार्यलय बेलचौतारको टोली आईतबार साँझ सो स्थान पुगेपनि निकाल्न नसक्ने भएपछि फर्किएको थियो ।

सो शब साउन २ गते सोमबार पोखरा लेखनाथ ३३ मा रहेको पशुपतिघाटमा नुहाने क्रममा बेपत्ता भएका तिन जनामध्येको हुन सक्ने अनुमान गरिएको छ । शव देखिएपछि कास्की प्रहरीमा खबर गरिएको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी बताए ।

दाङ जिल्ला साविकको ताप्रे गाविस ७ घर भई पशुपतिघाटमा मजदुरी गर्दै आएका १८ बर्षीय संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार नुहाउने क्रममा बेपत्ता भएका थिए । यसअघि बुधबार साँझ संगीता नेपालीको शव तनहुँको रिसिङ गाउँपालिका–१ हुक्सेखोलास्थित सेतीनदीको किनारामा भेटिएको थियो । प्रहरीले नदि किनारबाट बगेका तीनै जनाको कपडा र मोवाइल फेला पारेको थियो ।

Write a Comment

Events
Random Picks