पृथ्वीराजमार्ग बस संचालक समितिमा चुनावी सरगर्मी
3-August-2017

जकसन डटकम

पोखरा, २० साउन

पोखरामा प्रधान कार्यालय रहेको पृथ्वीराजमार्ग वस संचालक समितिको ४७ औँ साधारण सभा तथा ३४ औँ अधिवेशनवाट आज नयाँ नेतृत्व चयन हुँदैछ । समितिको आगामि नेतृत्व लिन र समितिमा रहेर कार्य गर्न व्यवसायीहरु मैदानमा उत्रिएका छन् । साधारणसभाको मिति तोकिएदेखीनै व्यवसायीहरुलाई चुनाव लागेको छ । हरेक तीन÷तीन वर्षमा हुने समितिको अधिवेशनमा यस पटक पनि दुई कार्यकाल अध्यक्ष भईसकेका एनकुमार साईले ईच्छा देखाएका छन् । 

दुई कार्यकाल भन्दा वढि नेतृत्व गर्न नपाउने विधानको व्यवस्थालाई गत वर्षको साधारणसभाले संशोधन गरेपछि साईलाई थप एक कार्यकालको लागि वाटो खुलेको हो । आर्थिक संकटवाट धरासायी वन्ने अवस्थामा पुगेको पृथ्वी बसलाई एनकुमार साई नेतृत्वको टिम आएपछि मजवुत पारेको वुझाई व्यवासायी भित्र छ । त्यसो त यस अवधिमा व्यवसायी तथा मजदुरको हितमा समेत कार्य भएको र समितिको अन्य संघ संस्थाहरुसँग समेत राम्रो सम्वन्ध स्थापित भएको भनेर व्यसायीले नै वताउने गरेका छन् । 

अध्यक्ष पदमा वर्तमान कार्यसमिति सदस्य रमाकान्त गौतम आकाँक्षी देखिए पनि साईनै नेतृत्वमा आउने करिव निश्चित जस्तै रहेको व्यवसायीहरुनै वताउँछन् । अन्य पदहरुमा निर्वाचन भएपनि अध्यक्ष पदमा भने अन्तिमसम्म सर्वसहमति हुने अनुमान गरिएको छ । थप एक कार्यकाल पनि साईले नै नेतृत्व गर्नुपर्छ भन्ने मत व्यवसायीको रहेकोले साई निर्वाचन भएपनि सहजै विजयी वन्ने चर्चा चलेको छ । महासचिवमा योगेन्द्रवहादुर केसीले निरन्तरता पाउने देखिएको छ । सुरुमा अध्यक्ष वन्न ईच्छा राखेका केसी साईले नै पुन एक कार्यकाल अध्यक्षको चाहना राखेपछि महासचिवमै रहेर काम गर्न तयार भएको वुझिएको छ । 

समिति भित्र अध्यक्षमा साईको विकल्पमा केसीलाई लिने गरिएको थियो । महासचिव पदमा समितिका पूर्व सचिव विश्वराज बरालले उम्मेदवारी दिने वताईएको छ । दुई कार्यकाल कोषाध्यक्ष पदमा रहेर काम गरेका जसवहादुर गुरुङनै पुन कोषाध्यक्षमै आकाक्षी देखिएका छन् । वर्तमान कार्यसमितिका सचिव जयकुमार शर्मा पनि कोषाध्यक्ष पदको आकाँक्षी छन् ।त्यस्तै समितिको वरिष्ठ उपाध्यक्ष पदमा हालका वरिष्ठ उपाध्यक्ष विज्ञान श्रेष्ठ र उपाध्यक्ष भरतकुमार मल्ल विच चुनावी प्रतिश्पर्धा हुने देखिएको छ । मोहन कोइरालाको पनि चर्चा चलेपनि उनले घोषणा गरेका छैनन् ।

Events
Random Picks