आजदेखि पोखरामा सन्ध्याकालिन बस सेवा
3-August-2017


उमा आलेमगर
पोखरा, २० साउन

आजदेखि पोखरामा “विस्तारित सन्ध्याकालिन बस सेवा” सञ्चालन हुने भएको छ । पोखरा वस व्यवसायी समितिले आफ्ना नगर बसहरु मार्फत साँझ ७ वजेदेखि सन्ध्याकालिन बस सेवा सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालयले विहिवार जारी गरिएको सुचनामा उल्लेख छ ।

प्राप्त सुचना अनुसार सन्ध्याकालिन व्यवसाय एवं क्रियाकलापलाई लक्षित गरी पोखरा लेखनाथ महानगरपालिका क्षेत्रका हल्लनचोक, वाराही चोक, राष्ट्रबैंक चोक, बिरौटा, एयरपोर्ट, लखनचोक, भिमसेनचोक, नदिपुर हुँदै बगरसम्म चल्ने रुट नं. १ र जिरो कि.मी., सृजनाचोक, सभागृहचोक, चिप्लेढुंगा, लखनचोक, गण्डकी हस्पिटल, माटेपानी हुँदै काहूँखोला सम्मको रुट नं. २ मा सन्ध्याकालिन बस सेवा सञ्चालन हुनेछन् ।

शुक्रवार एक कार्यक्रमकाबिच पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानवहादुर जि.सी. र प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले संयुक्त रुपमा सन्ध्याकालिन बस सेवा सञ्चालनको शुभारम्भ गर्ने जनाईएको छ ।

Write a Comment

Events
Random Picks