पोखरामा श्रीमतीले धारिलो हतियारले प्रहार गर्दा श्रीमान् गम्भीर घाइते
7-August-2017


उमा आलेमग
पोखरा, २३ साउन


पोखरा लेखनाथ नगरपालिकामा वडा नं. ८ जाल्पारोडमा श्रीमतीले धारिलो हतियारले हिर्काउदाँ श्रीमान् गम्भीर घाइते भएका छन् । ३४ वर्षिय गीता विकले ३७ वर्षिय श्रीमान् रामबहादुर विकलाई आज विहान ९ः३० बजे धारिलो हतियारले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । 

रामबहादुर विकको टाउकोमा गहिरो चोट लागेको छ अहिले मेट्रोसिटी हस्पिटलमा उपचार भैरहेको छ । विकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । हतियार प्रहार गर्ने गीता विकलाई हिरासतमा लिएर अनुसन्धान चलाएको प्रहरीले जनाएको छ । घरयसी झगडाले घटना घटेको प्रहरीको अनुमान रहेको छ । विक दम्पती स्थानियवासी हुन् ।

Write a Comment