वानियाथर र लाङघारीमा अवैद्य रुपमा लगाइएको गाजा नष्ट
7-August-2017


जकसन डटकम
पोखरा, २३ साउन

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ वानियाथर र लाङघारीमा शनिबार अवैद्य रुपमा लगाइएको गाजा फडानी गरिएको छ । नेपाल पूर्व प्रहरी संगठन इकाई कार्यालय लामाचौरले सञ्चालन गरेको लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानको सिलसिलामा वानियाथर र लाङघारीमा करिब २ हजार बोट नष्ट गरिएको हो ।

समाज सुधार आमा समुह, जाल्पादेवि सामुदायिक महिला विकास समिति, परिवर्तन नेपाल, सगरमाथा आमा समुह, टोल विकास संस्था, प्रहरी, विभिन्न राजनीतिक दल पदाधिकारी र स्थानिय भद्रभलादमीको रोहवरमा उक्त गाजा नष्ट गरिएको हो ।

साथै सोही समयमा लागुऔषध नियन्त्रण रोकथामको लागि दबाब समुह पनि गठन गरिएको छ ।

Write a Comment

Events
Random Picks