बुबाले स्कुल छाडेपछि पोखरा किन्डर गार्डेनले छोराको लब्धांक पत्र दिन ग¥यो आनाकानी विद्यालयकी प्रिन्सिपल कमला प्रधान भन्छिन् ः श्रृष्टीको शुल्क नतिरेका कारण स्कुलमा लिएर आउने शिक्षक साराबहादुर पोखरेलको छोराको लब्धांक पत्र नदिएको हो
12-August-2017


जकसन डटकम
पोखरा, २८ साउन


बुबाले पुरानो स्कुल छोडेर अर्को स्कुलमा गएपछि पोखराको एक बोर्डिङ स्कुलले छोराको लब्धांक पत्र (मार्कसिट) दिन आनाकानी गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ घारीपाटनमा रहेको पोखरा किन्डर गार्डेन (पिकेजी) स्कुलका शिक्षक साराबहादुर पोखरेलकले स्कुल छोडेपछि शासिक पोखरेलको लब्धांक पत्र दिन विद्यालयले आनाकानी गरेको हो । विद्यालयले लब्धांक पत्र नदिएपछि कक्षा ८ उत्तिर्ण शासिक कक्षा ९ मा भर्ना भएपनि एसईईको फारम भर्ना समस्यामा परेका छन् । एसईईका लागि कक्षा ८ उत्तिर्ण लब्धांक पत्र चाहिएपछि पुरानो स्कुल पोखरा किन्डर गार्डेन जाँदा विद्यालयले कहिले के त कहिले के भनेर नदिएको अभिभावक तथा पूर्व शिक्षक साराबहादुर पोखरेलले बताए । विद्यालयले शिक्षक पोखरेलमार्फत भर्ना भएकी कक्षा २ मा अध्ययनरत श्रृष्टी रावतको शुल्क नबुझाएसम्म शासिकको लब्धांक पत्र नदिने अडान राखेको छ । तर शुल्क बुझाउन जाँदा कहिले समय छैन भन्ने त कहिले जरिवाना भन्दै तोकिएको शुल्क भन्दा बढी पैसा भन्दै शुल्क लिन नमानेको श्रृष्टीकी बुबा हरि रावतले बताए । विद्यालयले होस्टलमा बस्दा श्रृष्टीले प्रयोग गर्नेगरेको झोला र कपडासमेत नदिएको उनको आरोप छ ।

यता विद्यालयले एकैपटक स्कुल छाडेका ७ शिक्षकले पनि आफूहरुलाई विद्यालयले एक महिनाको तलब र वार्षिक विरामी विदामा काम गरेवापत पाउनुपर्ने रकम नदिएको गुनासो गरेका छन् । विद्यालय छाडेका शिक्षकहरु साराबहादुर पोखरेल, दयासागर पौडेल, पुरुषोत्तम लम्शाल, श्रीधरा अर्याल, श्यामला थापा, नितु शाही र अञ्जु क्षेत्रीले आफूहरुले पाउनुपर्ने १ लाख २३ हजार ५ सय र विरामी विदा वापतको ३७ हजार भन्दा बढी रकम नपाएको गुनासो गरेका हुन् ।

तर विद्यालयकी प्रिन्सिपल कमला प्रधानले भने श्रृष्टीको शुल्क नतिरेका कारण स्कुलमा लिएर आउने शिक्षक साराबहादुर पोखरेलको छोराको लब्धांक पत्र नदिएको प्रतिक्रिया दिएकी छिन् । श्रृष्टीको अभिभावकले साराबहादुरलाई पैसा बुझाएपनि स्कुलमा दाखिला नगरेको प्रिन्सिपल प्रधानको आरोप छ । तर श्रृष्टीकी बुबा हरिबहादुर रावतले भने आफूले शिक्षक साराबहादुरलाई पैसा नदिएको बरु शुल्क तिर्न स्कुल जाँदा उल्टै स्कुलले विभिन्न बहानामा दुःख दिएको गुनासो गरे ।

प्रिन्सिपल प्रधानले १० जना विद्यार्थीको शुल्क तिर्न बाँकी रहेकाले स्कुल छाडेर गएका शिक्षकहरुको तलब रोकेको बताईन् । शिक्षकहरुले भने विद्यार्थीले शुल्क नतिरे उनीहरुको अभिभावकलाई माग्नुपर्नेमा आफूहरुको तलब नै नदिनु सामन्ती सोंचको उपज भएको टिप्पणी गरेका छन् ।

शिक्षकहरुले पटक÷पटक स्कुल गएर तलब माग्दा पनि बेवास्ता गरेकाले प्रशासन गुहार्ने चेतावनी दिएका छन् । उनीहरुले आईतबार जिल्ला प्रशासन कार्यालय गएर रिपोर्ट गर्ने र त्यहिंबाट न्याय पाउने आशा व्यक्त गरेका छन् ।

यसैबीच, घट्नाबारे बुझ्न गएका पत्रकारहरुलाई विद्यालयकी प्रिन्सिपल प्रधानले धम्क्याएकी छिन् । उनले आफूले ठूलो पत्रकार चिनेको भन्दै उसलाई बोलाएर ठिक पार्ने धम्की दिएकी हुन् । पत्रकारहरुले ठूलो पत्रकार को हो ? भन्दै बोलाउन चेतावनी दिएपछि प्रिन्सिपल प्रधान चुप लागेकी थिईन् ।

Write a Comment

Events
Random Picks