पोखराको अमरसिंह चोकमा एन. एम. (न्यु माछापुच्छ«े) सुनचांदी पसल सञ्चालन
12-August-2017


जकसन डटकम
पोखरा २८ साउन 

पोखराको अमरसिंह चोकमा एन. एम. (न्यु माछापुच्छ«े) सुनचांदी पसल सञ्चालनमा आएको छ । सुनचांदी पसलको शनिवार नेपाल सुनचांदी ब्यवशायी संघ कास्कीका अध्यक्ष निर्मल दियालीले उद्घाटन गरे ।

उद्घाटन गर्दै दियालीले पोखरा लेखनाथ १० को केन्द्रबिन्दु अमरसिंहमा सञ्चालनमा आएको एन. एम. सुनचांदी पसलले अमरसिंह क्षेत्रका ग्राहकको मन जित्न सफल हुने वताए । अमरसिंह क्षेत्रमा एकमात्र ठूलो र सुनचांदीका अत्याधुनिक गरगहना उपलब्ध हुने एन. एम. सुनचांदी पसलले ग्राहकको रोजाइ अनुसारको गरगहना प्रदान गर्न सक्ने भएकाले ढुक्क भएर सुनचांदीको गरगहना खरिद बिक्री गर्न ग्राहक संग आग्रह गरे ।

सो अवसरमा वोल्दै एन. एम.(न्यु माछापुच्छ«े) सुनचांदी पसलका सञ्चालक शिव सुनारले अमरसिंह क्षेत्रकै एकमात्र अत्याधुनिक सुनचादी पसल भएको वताउदै सुनचांदीको खरिद बिक्री संगै आफुहरुले ग्राहकको रोजाइ अनुसारका गरगहना हरु उपलब्ध गराउने वताए । अत्याधुनिक मेसिन द्धारा सुनचांदी चेकजांज गरी दक्ष कालिगढबाट सुनचांदीका गरगहना निर्माण गरिने भएकाले आफुहरुले ग्राहकको मन जित्न सफल हुने सुनारले वताए ।   
 

Events
Random Picks