पृथ्वी होटल ब्यवसायीको छैठौ बार्षिक साधारण सभा सम्पन्न, नागरिक समाज पोखरा सहित विभिन्न ब्यक्ति सम्मानित
12-August-2017


जकसन डटकम
पोखरा २८ साउन 

पृथ्वी होटल ब्यवसायी समितिले आफ्नो छैठौ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपाकिलाका मेयर मान बहादुर जिसीले होटल ब्यवसायीहरुले हाइजनिक खाना खुवाउनु पर्ने सुझाब दिदै  गुणस्तरीय सेवा दिन ब्यबसायी   लाई आग्रह  गर्नुभयो । जिसीले पोखरामात्रै  महानगर भएर नपुग्ने यहाँका नागरिक पनि महानगरबासी जस्तो हुनुपर्ने बताउनु भयो । जिसीले पोखरा राम्रो बनाउन टोल टोल बाट काम शुरु हुनुपर्ने बताउदै पोखराको मुख्य केन्द्र हरेक हिसावले पृथ्वीचोक भएकोले यहाँ गर्ने ब्यबहारलेनै समग्र पोखराको प्रतिनिधित्व हुने बताउनु भयो । पोखराको पृथ्वीहोट लब्यबसायीले राम्रो आदर सत्कार पाहुना लाई दिनु पर्नेमा उहाँले जोडदिनु भयो । 

बार्षिक साधारण सभाको अबसरमा  समितिले पोखरा लाई सफा शहर बनाउन नागरिक समाज पोखराले ठुलो भुमिका खेलेको भन्दै बृहत्त पोखरा सफाइ अभियानका  संयोजक राम बहादुर पौडेलललाई कार्यक्रमका प्रमुख अतिथि जिसीले  सम्मानपत्रले सम्मान गर्नुभयो । यसै विच ब्यवासयीका छोरा छोरी मध्य बाट बाह्र कक्षामा उत्कृष्ट अंक ल्याउन सफल भएको भन्दै कुशल न्यौपाने र सिम्रन केसी लाई पनि सम्मान पत्र प्रदान  गरीएको थियो । पोखरामा नगद २ लाख भेटी इम्मादारितापुर्व फिर्ता गरेको भन्दै गिता अधिकारी र तारा लुइटेल लाई सोहक्ी कार्यक्रममा समितिले प्रंससा पत्रले सम्मान गरेको थियो  । 

कार्यक्रममा सिटी रेवान पोखराका अध्यक्ष कृष्ण प्रसाद पाध्यले पोखरा लाई स्माट सिटी बाउने भने पनि पोखरामा बस पार्क बन्न नसक्नु पोखरा बाट काठमाडौं बाहेक अन्य ठाउँमा हवाई उडान नहुनु जस्ता समस्याले पर्यटनको विकास अझै हुन नसकेको बताउनु भयो । कास्कीका प्रहरी नायब उपरिक्षक खडक बहादुर खत्रीले होटल ब्यवसायीले सेवा गर्दे आएको बताउदै होटल ब्यबसायी लाई अनाहकमा प्रहरीले दुख नदिने बताउनु भयो । उहाँले होटल ब्यबसायीले गलत मान्छेको बारेमा सुचना मात्रै आफुहरु लाई दिए पुग्ने बताउनु भयो ।  

ब्यबसायि समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले लेकसाइड लाई मात्रै नभएर पोखरा पृथ्वीचोकलाई पनि  २४सै घण्टा खुल्ला राख्नुपर्नेमा जोड दिनु भयो ।कार्यक्रममा नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेल,  अधिकृत विक्रेता संघ कास्कीका अध्यक्ष सुरेश अधिकारी,पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य प्रेम बहादुर भुजेल,  सम्मानित विधार्थी कुशल न्यौपाने लगायतले बोल्नुभएको कार्यक्रममा बार्षिक प्रतिवेदन महासचिव  बालकृष्ण निउरे र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अमृत घिमिरेले   प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा बार्षिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेकोमा संयोजक रहेर कार्य गरेकाहरु लाई मायाको चिनोले सम्मान गरीएको थियो । बरिष्ठ उपाध्यष हरि प्रसाद पाण्डेयले धन्यबाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव बालकृष्ण निउरेले गर्नुभएको थियो भने कार्यक्रम समितिका अध्यक्ष कमल न्यौपानेको अध्यक्षतामा भएको थियो । 

 

Events
Random Picks