गोरखामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना, सबै सकुशल
22-June-2015

काठमाडौ, असार ७ - गोरखाको सामागाउँमा सोमबार बिहान सिम्रिक एयरको9N AKF कलसाइन भएकाे हेलिकप्टरमा आगलागी भएको छ । गोरखाका डीएसपी अर्जुन चन्दका अनुसार खानेपानी तथा सरफाई आयोजनाका लागि गएको हेलिकप्टरबाट यात्रु तथा पाइलट उत्रिपछि फेरि उड्ने बेलामा आगलागी भएको हो । 'के कारणले गर्दा अागाे लागेकाे हाे अहिलेसम्म खुल्न सकेकाे छैन,' उनले भने, 'प्रहरी टाेलीलाई त्यसतर्फ पठाइएकाे छ । उक्त ठाउँमा पुग्न पैदल करिब डेढ घन्टा लाग्छ ।'

हेलिकप्टरमा खानेपानी तथा सरसफाई डिभिजनका डिई नारायण अाचार्य सहित अन्य ३ जना यात्रु सवार थिए । हेलिकप्टरका क्याप्टेन सुरेन्द्र पाैडेलले सहित पाँचैजना सुरक्षित छन् ।

सिम्रिक एयरका अधिकारीका अनुसार के भएकाे हाे भन्ने पूर्ण खबर अाएकाे छैन । जाँचबुचका लागि अर्काे हेलिकप्टर त्यसतर्फ पठाइएकाे छ ।