बगर भाइ खलकले आफ्नो छैठौ वर्ष प्रवेशको अवसरमा जेष्ठ नागरिक मिलन केन्द्रलाई आर्थिक सहयोग
14-August-2017


जकसन डटकम
पोखरा, ३० साउन । 

बगर भाइखलकले आफ्नो स्थापनाको छैठौ वर्ष प्रवेशको अवसर पारी विन्दवासिनी धार्मिक क्षेत्र बिकास समितीद्धारा सञ्चालित जेष्ठ नागरिक मिलन केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बगर भाइखलकले आफ्नो स्थापनाको छैठौ वर्ष प्रवेशको अवसर पारी आइतबार एक कार्यक्रमका वीच बिन्दबासिनी धार्मिक क्षेत्र परिसरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रलाई आर्थिक सहयोग गरेको बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए । 

बगर भाइखलकले आयोजना गरेको आर्थिक सहयोग कार्यक्रममा पुगेका कास्की क्षेत्र नम्बर २ का सांसद शारदा पौडेलले समेत एक लाख रुपैया सहयोग रकम हस्तान्तरण गरेकी थिइन भने बगर भाइखलकले ३५ हजार रुपैया विन्दबासिनी धार्मिक क्षेत्र बिकास समितीका अध्यक्ष गणेश बहादुर श्रेष्ठलाई प्रदान गरेका थिए ।
 
सो अवसरमा वोल्दै सांसद शारदा पौडेलले विन्दबासिनी धार्मिक क्षेत्र बिकास समितीद्धारा सञ्चालित जेष्ठ नागरिक मिलन केन्द्रबाट स्थानिय जेष्ठ नागरिकहरु लाभान्वित भएको र आफुपनि जेष्ठ नागरिक मिलन केन्द्रबाट प्रभावित भएकाले सहयोग रकम प्रदान गरेको बताइन । 

सो अवसरमा वोल्दै विन्दबासिनी धार्मिक क्षेत्र बिकास समितीका अध्यक्ष गणेश बहादुर श्रेष्ठले विन्दबासिनी धार्मिक क्षेत्र बिकास समितीले विभिन्न सामाजिक सेवामा समेत सहभागीता जनाइरहदा विभिन्न ब्याक्ति तथा संघ सस्थाको सहयोगलेनै जेष्ठ नागरिक मिलन केन्द्र अगाडी वढिरहेको वताए । 

बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका सदस्य तेज बहादुर गुरुङले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रम सचिव मानकाजी गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा बगर भाइखलकका कार्यसमितीका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो । 

Write a Comment