न्यूरोड युवा क्बले बाढी पिडितको लागि शान्तिपूर्ण पैदल ¥यालीको आयोजना गर्ने
17-August-2017


उमा आलेमगर
पोखरा, ०२ भदौँ


न्यूरोड युवा क्बले आज शान्तिपूर्ण पैदल ¥यालीको आयोजना गर्दै छ । तराई क्षेत्रमा बाढीको कारण भएको जनजीवन अस्तव्यस्त हुदाँ पनि राज्य मौन बसेको भन्दै राजयलाई दबाब दिन उक्त कार्यक्रमको आयोजना गरेको क्लबले जनाएको छ । 

चिप्लेढुङ्ग यू.एफ.ओ भवनबाट सुरु हुने शान्ति पैदल ¥याली पोखराको विभिन्न चोकको परिक्रमा गरि शहिदचोकमा पुगी कोण सभामा परिणत हुने विशाल तामातले जानकारी दिए । 

सोही अवसरमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको तामाङले बताए । उक्त कार्यक्रममा विद्यार्थीहरुलाई उपस्थित गराएर सफल बनाइदिन आयोजकले विद्यालयहरुलाई आग्रह गरेको छ ।

Events
Random Picks