गुम्बा निर्माणका लागि तामाङ बौद्ध सेवा समितिद्धारा सहयोग हस्तान्तरण
19-August-2017

जकसन डटकम
पोखरा, ०३ भदौँ

पोखरा १० रामघाट बौद्ध अर्घौं सदनमा निर्माणधीन सुविधासम्पन्न बौद्ध गुम्बा निर्माणका लागि तामाङ बौद्ध सेवा समितिले १ लाख ५० हजार ६६५ रुपैया सहयोग हस्तान्तरण गरेको छ । पोखरा १३ संगमटोलस्थित तामाङ बौद्ध सेवा समितिका अध्यक्ष केशबहादुर थिङ सहितको पुर्व अध्यक्ष र पदाधिकारीहरुले सामुहिक रुपमा शनिवार बौद्ध अर्घौं सदनका अध्यक्ष क्याप्टेन भुवनसिंह गुरुङ, सदनका प्रमुख लामा खेन्पो सिर लामा गुरुङ,उपाध्यक्ष तथा आर्थिक संयोजक क्याप्टेन चन्द्रप्रसाद गुरुङ, ञ्युङनी आमा समुह अध्यक्ष पञ्चकुमारी गुरुङ, कोषाध्यक्ष बिलबहादुर गुरुङलाई सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा तामाङ बौद्ध सेवा समितिका अध्यक्ष केशबहादुर थिङ तामाङ, सचिव विष्ण तामाङ, पुर्व अध्यक्ष तथा सल्लाहकार प्रमुख टेकबहादुर तामाङले तामाङ बौद्ध सेवा समितिको स्थापना, गतिवीधि लगायत संस्थागत परिचय दिनुभएको थियो । नेपाल तामाङ घेदुङ कास्कीको सक्रिय इकाई समितिको रुपमा आवद्ध तामाङ बौद्ध सेवा समितिमा हाल १४७ घर परिवार सदस्य रहेको जानकारी गराइएको थियो ।

सहयोग रकम ग्रहण गर्दै सदनका अध्यक्ष क्या.भुवनसिंह गुरुङले सहयोगदाता तामाङ बौद्ध सेवा समिति परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नयाँ गुम्बा निर्माणका विविध पक्षमा जानकारी दिनुहुदै बौद्ध अर्घौ स्थापनाको उद्धेश्य, गर्दै आएको गतिविधी,र आगामी दिनमा विधुतिय चिता निर्माणको लागि पहल भईरहेको जानकारी दिनुभयो । नयाँ गुम्बा निर्माणका लागि आर्थिक सहयोग सँगै भावनात्मक साथका लागि आभार व्यक्त गर्नुभयो । सदनका अध्यक्ष गुरुङले तामाङ बौद्ध सेवा समितिका अध्यक्ष तामाङलाई सहयोग रसिद, संस्थाको प्रतिवेदन, बुक्लेट हस्तान्तरण गर्नुभएको थियो ।  

सहयोगका लागि बौद्ध अर्घौ सदन गुम्बामा पुग्नु भएका तामाङ बौद्ध सेवा समितिका अध्यक्ष लगायतका समुहलाई सदन गुम्बाका प्रमुख लामा खेन्पो सिर लामा गुरुङले खादा लगाएर स्वागत एवं आर्शिवचन प्रदान गर्नुभएको थियो भने कार्यक्रमको संचालन सदनका सचिव मोतिप्रसाद गुरुङले गर्नुभएको छ ।
 

 

Write a Comment