आजदेखी ऐतिहासिक बाटुलेचौर तिज मेला
20-August-2017


जकसन डटकम
पोखरा, ०५ भदौँ

पोखरा लेखनाथ उपमहानगरपालीका १६, बाटुलेचौरमा आजदेखी ऐतिहासिक तिज मेला सुरु हुने भएको छ । हिमालय क्लब बाटुलेचौरको आयोजना र पोखरा प्लानटेरीयम एण्ड साईन्स सेन्टरको मुख्य प्रायोजनमा हिन्दु चेलीहरुको महान चार्ड हरितालीका तिजको अवसर पारेर मेलाको आयोजना गरीएको हो ।

मेला भदौ ५ गते देखी ८ गते सम्म चल्ने छ । पश्चिम पृतनापति देबेन्द्रबहादुर मेधासीले उद्घाटन गर्ने मेलामा अन्तर बिद्यालय पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिता हुने खेलकुद उपसमितिका संयोजक नारायण प्रसाद देबकोटाले बताउदै पूरुष तर्फ १६ र महिला तर्फ १५ टिमको सहभागी रहने बताए ।

प्रतियोगितामा बिजेता टिमले नगद रु. १५ हजार, ट्रफी, मेडल तथा प्रमाण पत्र उपबिजेता टिमले रु १० हजार, ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ भने सेमिफाईनलमा प्रबेश गर्ने टिमले नगद रु. २ हजार ५ सय मेडल तथा प्रमाण पत्र हात पार्ने र हाई स्कोरर तथा बेस्ट प्लेयरलाई समेत प्रमाण पत्र द्धारा पुरस्कृत गर्ने देबकोटाले बताए । 

तिज मेलाको दोेस्रो दिन लोक नृत्य प्रतियोगिता तथा बिबिध सांस्कृतिक कार्यक्रम  रहने छ भने मेलाको तेस्रो दिन श्रष्ठा सम्मान अन्तर्गत लोक दोहोरी गायिका ज्योती लोहनी र माया गुरुङ, क्रियाशिल महिला पत्रकारको रुपमा जमुना बर्षा शर्मालाई र सहयोगी संस्थाको रुपमा मैदान आमा समुहलाई सम्मान गरिने क्लबका सचिब मोहन बहादुर थापाले बताए ।

हरितालिका तिजको दिन सम्पन हुने मेलामा मनोरञ्जनातमक बिबिध सांस्कृतिक कार्यक्रमहरु तथा १६ वटा महिला दिदि बहिनीहरुको समुहले तिज गीत प्रस्तुत गर्ने बताउदै मेलाका भएको सम्पूर्ण प्रतियोगिताको बिजेता टिमहरुलाई पुरस्कार प्रदान गर्ने हिमालय क्लबका अध्यक्ष जीबन नारायण श्रेष्ठले बताए ।

Write a Comment

Events
Random Picks