पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल निर्वाचित
21-August-2017


जकसन डटकम
काठमाडौं, ०६ भदौँ

नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वा्चित भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वा्चित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले हराएका छन् । आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाएका छन् ।

अध्यक्ष पदका अर्का उम्मेदवार उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाए । खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।

महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वा्चित भए ।

यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् । लेखा समिति सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भए ।