नोभा दही ‘बिग तीज, बिग धमाका’ मा सुनको गहना बबिता बिकलाई, तीन दिनमा अन्य १२ जना विजयी
25-August-2017


जकसन डटकम
पोखरा, ०९ भदौँ

पोखराको बिग एफएम १०१.२ ले तीजको अवसरमा सुरु गरेको ‘नोभा दही बिग तीज बिग धमाका’ रेडियो गेम शो को बम्पर उपहार बबिता बिकले जितेकी छिन् । तीन दिनसम्म एसएमएस गर्ने मध्येबाट उनको मोबाईल नम्बर लक्की ड्रबाट छनौटमा परेको हो । उनले बम्पर उपहार स्वरुप आधा तोलाको सुनको गहना जितेकी छिन् । निकट भविष्यमै एक समारोहबीच उनलाई पुरस्कार प्रदान गरिने रेडियोले जनाएको छ ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बिग एफएमले नोभा दहीसँगको सहकार्यमा रेडियो गेम शो संचालन गरेको हो । तीन दिनबीचमा अन्य १२ जना पनि विजेता बनेका छन् । हरेक दिन चार जना विजेता छनौट गरेको हो । बिग तीज, बिग धमाका रेडियो गेम शोमा स्रोताहरुले एसएमएस र फेसबुकमा कमेन्ट गरी सहभागिता जनाएका थिए । फेसबुकमार्फत पहिलो दिन सरु खनाल र रमा क्षेत्री, दोस्रो दिन सुस्मिता प्रधानांग र रिया पुन तथा तेस्रो दिन मञ्जु थकाली र निरु माया चयन भए ।

यस्तै, एसएमएकर्ता मध्येबाट सही उत्तर दिनेमध्ये पहिलो दिन शर्मिला पोखरेल र सूचना कार्की, दोस्रो दिन यमप्रसाद पंगेनी र समिक्षा पौडेल तथा तेस्रो दिन प्रतिक्षा बास्तोला र सुजाता राई लक्की ड्रबाट छानिए । सही उत्तर दिने एसएमएसकर्ता मध्येबाट लक्की ड्र गरेर हरेक दिन दुई जना तथा फेसबुक कमेन्टमा सही उत्तर लेख्ने मध्ये दुई जनालाई छनौट गरिएको हो । उनीहरुलाई जनही नगद एक हजार साथमा फिस्टेल डेरीबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने कार्यक्रम संयोजक सञ्जोक बस्यालले बताए ।

यसअघि एसएमएस गरेर मात्र सहभागिता जनाउँदै आएकोमा यसपटक देखि सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि मध्येनजर गर्दै रेडियोको पेजमार्फत फेसबुक कमेन्ट समावेश गरेको हो । रेडियो गेम शो अन्तरगत दिनहुँ एउटा तीजसंग सम्बन्धित प्रश्न सोधिएको थियो । रेडियोले हरेक वर्ष तीजमा यो रेडियो गेम शो सञ्चालन गर्दै आएको छ ।

Write a Comment