वार्षिकोत्सवको अवसरमा दौतारीद्धारा वृद्धाश्रमलाई सहयोग, पत्रकार सन्तोष सुवेदी सम्मानित हुने
27-August-2017


उमा आलेमगर
पोखरा, ११ भदौँ

 

पोखराको चिप्लेढुुङ्गमा अवस्थित पोखरा दौतारी दोहोरी साँझले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नं। ३२ गगनगौडामा रहेको राधाकृष्ण वृद्धाश्रमलाई खाद्यान्न सहित नगद सहयोग गरेको छ । दोहोरीले साँझले आईतबार वृद्धाश्रममा आयोजित एक कार्यक्रमकाबीच खाद्यान्न, फलफुल सहित रगत रु। ५ हजार सहयोग गरेको हो । उक्त सामाग्री दोहोरीका सञ्चालनत्रय विरेन्द्र केसी, दिपक न्यौपाने र निर्मल भण्डारीले वृद्धाश्रमका अध्यक्ष प्रेम लिगललाई हस्तान्तरण गरे ।

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको विशेष सहयोगमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले राधाकृष्ण वृद्धाश्रम विभिन्न संघ संस्थाहरुको सहयोगले नै सञ्चालन भैरहेको जानकारी दिए । तर पोखरामा धेरै संघसंस्था भएकोले पोखराको वृद्धाश्रमलाई धेरै सहयोग आउने गरेको बताउँदै राधाकृष्ण वृद्धाश्रम पोखराबाट टाढा रहेकोले सहयोग कम आउने गरेको जनाए । धेरै पछाडी परेको ठाउँलाई दोहोरी साँझले यसरी सहयोग गर्दा निक नै गर्वको अनुुभुुति भएको बताए । राधाकृष्ण वृद्धाश्रम पोखराको हिसाबले धेरै सुविधासम्पन्न वृद्धाश्रम भएको लिगलको दाबी छ । वृद्धाश्रममा पानी, बत्ती, एटेज बाथरुम सहितको कोठा, प्रतिक्षालय, चौतारी, वृद्धवृद्धाको मनोरञ्जनको लागि दिवा सेवा हल, मेडिकल सुविधा सहितको व्यवस्था रहेको लिगले बताए ।समयसमयमा आएर वृद्धाश्रमको चौतार्फी विकासको लागि सञ्चारमाध्यमबाट समाचार सम्प्रेषण गरिदिन लिगलले सञ्चारकर्मीहरुलाई आग्रह समेत गरे

सोही अवसरमा बोल्दै पोखरा दौतारी दोहोरी साँझका सञ्चालक दिपक न्यौपानेले वृद्धाश्रमलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी महसुस भएको बताउँदै यस्तै सहयोग आगामी दिनमा पनि गर्दै जाने प्रतिवद्धता जनाए । कलाकार केशव देवकोटाले भजन गाएर वृद्धावृद्धालाई नचाएका समेत थिए । 

दोहोरीले साँझले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसर पारेर भदौँ १२ देखि १६ गतेसम्म विशेष साँगीतिक साँझको आयोजना गर्ने भएको छ । उक्त साँगीतिक साँझमा चर्चित राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, पशुपति शर्मा, ज्योति मगर, प्रिती आलेमगर, कुमार पुन, जीवन दाहाल, शंकरविरही गुरुङ, माया गुरुङ, चर्चित मोडल करिश्मा ढकालको साथसाथै नियमित कलाकारहरु केशव देवकोटा, ज्योति लोहोनी, कृष्ण सुवेदी, कमला गैह्रे, सुरेश गुरुङ, पुजा तामाङ, रेश्मा तामाङ, रामकृष्ण गायक, अशोक गायक, विनु ल्वागुन, बुद्ध गायक, सुरज बस्नेत, राम जी पौडेलको विषेश प्रस्तुती रहने छ ।

सोही अवसरमा दोहोरी साँझले संस्थापकहरु मध्येबाट यामबहादुर गुरुङ, छापामिडियाबाट पत्रकार सन्तोष सुवेदी, दौतरी दोहोरी साँझमा कार्यरत गायिका कमला गैह्रे, वाद्यवादनतर्फबाट रामकृष्ण गायक, बारमेनतर्फबाट खुुम गुरुङ, किचनतर्फ कुक दिपेन्द्र गुरुङलाई सम्मान गरिने कार्यक्रम संयोजक निर्मल भण्ढारीले जानकारी दिए ।

Write a Comment