सेलवेज टावरमा क्लाउड नाइन रेष्टुरेन्ट संञ्चानमा
28-August-2017


उमा आलेमगर
पोखरा, १२ भदौँ

पोखराको चिप्लेढुङ्घास्थित सेलवेज टावरमा क्लाउड नाइन रेष्टुरेन्ट संञ्चानमा आएको छ । करिब ३ महिना अघि देखि सञ्चालित रेष्टुरेन्ट शुक्रबार बाट विधिबत रुपमा संञ्चालनमा आएको हो ।  पोखरका ४ जना यूवा उद्यमीहरु दिपक पहारी , अरुण मानन्धर, महेश्वरसिह भण्डारी र रोहित गिरी लगाएतका युवाँहरुले करिब १ करोडको लगानीमा संञ्चालनमा ल्याएका हुन ।

करिब ३ सय जना सम्मका ग्राहकहरु लाई सेवा दिन सकिने रेष्टुरेन्टमा इनडोर २ सय ७५ जना र आउटडोरमा ७५जना ग्राहकहरुको सेवा दिन सकिने  आयोजित पत्रकार सम्मेलनमा आयोजकले बताएका छन ।  नेपालका युवा विदेशीने  क्रम जारी रहेको अवस्थामा हामीहरु मिलेर आफु जन्मेको ठाउँमा नैै केही गरौ भन्ने सोचले नै रेष्टुरेन्ट संचालनमा ल्याएको संचालक अरुण मान्नधरले भने पक्कै पनि पोखरेली ग्राहकको मन जित्नेमा आफु आशाबादी रहेको उनको भनाई छ ।

रेष्टुरेन्टमा पाइने सबै प्रकारका परिकारहरु हाइजेनिक, अर्गा्निक र स्वास्थ्यकर पाइने आयोजक दाबी रहेको छ । पोखरेली ग्राहकको क्रय शक्तिलाई मध्यनजर गदै मेनु बनाएको र रेष्टुरेन्टबाट ३६० को डिग्रीमा पोखराको दृश्य अबलोकन गरि ग्राहकले मनोरञ्जन साथमा विभिन्न लाइभ ब्यान्डका विभिन्न हिन्दी र नेपाली गित संगित सुन्न सक्ने संञ्चालक दिपक पहारीले बताएका छन ।  होम डेलिभरी को सुबिधा रहेकोमा पुरै पारिबारिक बाताबरणका साथमा संचालित रेष्टुरेन्टमा सेमिनार देखी बर्थडे पार्टी सहित ढुकुटी पार्टी समेत गर्ने सकिने सञ्चालकहरुले जानकारी दिएका छन ।

Write a Comment

Events
Random Picks