पोखरा सिटी रेवान महोत्सव तथा फुड फेष्टिवल हुने
28-August-2017


जकसन डटकम
पोखरा, १२ भदौँ

पोखरा सिटी रेवानको आयोजनामा यस वर्षपनि पोखरामा सिटी रेवान महोत्सव तथा फुड फेष्टिवल हुने भएको छ । महोत्सव असोटथस”श्रमहोत्सवमा व्यापारिक प्रयोजनका ९५ तथा रेष्टुरेण्ट प्रयोजनक५भ् गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

महोत्सवमा व्यापारिक प्रयोजनका ९५ तथा रेष्टुरेण्ट प्रयोजनका १० वटा स्टल रहने जनाईएको छ । यसको अलावा  सामाजिक संघ संस्था, सुरक्षा र स्वास्थ्य सम्वन्धी २० स्टल समेत रहने सिटी रेवानले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको प्रस्तुति, पप कन्सर्ट, हाँस्य व्यंग्य, रत्यौली प्रतियोगिता, ढिंडो खाने प्रतियोगिता, भाले छोप्ने प्रतियोगिता र गृहीणी एकल नृत्य प्रतियागिता लगायतका कार्यक्रमहरु आकर्षण रहने जनाईएको छ ।

महोत्सवको १ लाख भन्दा वढी दर्शकहरुले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । महोत्सव सम्पन्न गर्न ४१ लाख ९५ हजार खर्च लाग्ने तथा महोत्सववाट कुल ४८ लाख ४० हजार आम्दानी हुने  आयोजकले जनाएको छ ।

वचत रकमवाट ५ प्रतिशतको दरले  पोखराको पर्यटन प्रवद्र्धन, दैवी प्रकोप र असाह्य वालवालिकाको सहयोगार्थ प्रयोग गरिने जनाइृउएको छ ।

Write a Comment

Events
Random Picks