एक्टिभिष्टा र छहारी युवा क्लब राहत सामाग्री लिएर सप्तही बुधबार जाँदै
29-August-2017


उमा आलेमगर
पोखरा, १३ भदौँ


कास्की एक्टिभिष्टा र छहारी युवा क्लब मालिका गाउँपालिका— ४ फुलबारी म्याग्दी बाढीपिडितको लागि राहत सामाग्री लिएर बुधबार तराईका बाढीप्रभावित जिल्लामा जाँदै छ । दुवै क्लबको संयुक्त पहलमा संकलित राहत सामाग्री लिएर गायिका माया पुन, सरु पुन, सुष्मा हमाल, तुलन बुढा, ललित पुन र कमल सापकोटाको टोली भोलि बाढीप्रभावित जिल्ला सप्तरी प्रस्थान गर्ने कार्यक्रम गायिका तथा कार्यक्रम संयोजक माया पुनमगरले जानकारी दिईन् ।

राहत टोली बुधबार ६० बोरा चामल, नुन, तेल ५० बोरा, चाउचाउ, प्याड लगायतका राहात सामाग्री लिएर सप्तरी जान लागेको हो ।

उक्त राहत सामाग्रीको लागि विभिन्न संघसंस्थाले सहयोग गरेको पुनले बताईन् । सहयोग गर्ने संस्थाहरुमा कुमुदिनी होम्स्ले ३० बोरा चामल लत्ताकपडा, मिस नेवा पोखरा पुचले १७चामल, हिल प्वोईन्टी स्कुल, मनकामना बोर्डिङ्ग स्कुल फुलबारी, सनफ्लावर बोर्डिङ्ग स्कुल, ज्ञानुबाबा बोर्डिङ्ग र राष्ट्रिय मा.विले लत्ताकपडा सहयोग गरेको पुनले बताईन् । त्यसैगरि रोजी श्रेष्ठले १ बोरा नुन, गीता पाईजा पुनले ५० प्याकेट तेल र चाउचाउ सहयोग गरेको छ ।

भोलि राहत सामाग्री लिएर बाढीप्रभावित जिल्लामा जान लागेकोले सहयोग गर्न ईच्छुकले कास्की एक्टिभिष्टा र छहारी युवा क्लब मालिका गाउँपालिका— ४ फुलबारी म्याग्दसँग हातेमालो गर्न संयोजक पुनले सबैमा आग्रह गरिन् । 

Events
Random Picks