टिभिएसको एक्सचेन्ज जारी
3-September-2017


जकसन डटकम
पोखरा, १९ भदौँ


पोखरामा टिभिएस कम्पनीका बाईक तथा स्कुटरहरुको एक्सचेन्ज क्याम्प जारीे छ । टिभिएसको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता बतास व्रदर्स प्रालिको आयोजनामा भदौ १७ गतेदेखी सुरु एक्सचेन्ज २० गतेसम्म जारी रहने छ । 

शनिवार र आईतवार दुई दिनमा १२ वटा मोटरसाईकल साटफेर भएको बतास व्रदर्श प्रालिका विक्री प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए । कम्पनीले जुनसुकै कम्पनीको मोटरसाईकल उचित मुल्याङ्कन गरि साटफेरको  सुविधा प्रदान गरेको वताएको छ । 

टिभिएसका मोडलहरु  आरटिआर २०० र वेगो स्कुटर वढी साटफेर भएका छन् । नेपालीहरुका ठूला चाडपर्वहरु नजिकिदै गरेको अवस्थामा आयोजना गरिएको एक्सचेन्ज कार्यक्रम उत्साहजनक रहेको पोखरेलको भनाई छ ।

 “दशैँ÷तिहार नजिकिदै गरेको अवस्थामा गरेको एक्सचेन्ज कार्यक्रममा ग्राहकको राम्रो प्रतिक्रिया प्राप्त गरेका छौँ । देशकै अग्रणी टिभिएस ब्राण्डलाई अझै वढि प्रवद्र्धन गर्न कार्यक्रम सफल हुने ठानेका छौँ”, पोखरेलले भने“ वाँकी दुई दिनमा इभेन्ट अझै राम्रो हुने विश्वास छ”। 

टिभिएसले देशभर एक्सचेन्ज कार्यक्रम गरेको र सहभागिहरु मध्येवाट हरेक दिन लक्की ड्र मार्फत एक तोला सुन जित्न सक्ने योजना एक्सचेन्ज अवधिमा ल्याएको छ । नेपालमा टिभिएस व्राण्डका वाईक तथा स्कुटरहरुको विक्री वितरण शंकर ग्रुप अन्तर्गतको जगदम्वा मोटर्स प्रालिले गर्दै आएको छ ।