बिरामी हुँदा हुँदै पनि समाज सेवा गर्न पछि हटिनन् गायिका माया पुन, तराईका बाढी प्रभावित जिल्लामा राहत वितरण
4-September-2017


उमा आलेमगर
पोखरा, १९ भदौँ


एक्टिभिस्टा कास्की र छहारी युवा क्लब मालिका गा.पा ४ फुलबारीको संयुक्त सहकार्यमा तराईका बाढीप्रभावित जिल्लामा राहत वितरण गरिएको छ । तराईको सप्तरी, राजबिराज ९ बिहारपुर, राजबिराज ८ मलेत, बिनय नगर लगायका ३ स्थानमा १७० घरपरिवारलाई खाद्यान्न र लत्ताकपडा गरिइएको गायिका माया पुनमगरले जानकारी दिईन् ।

राहत वितरण गर्न एक्टिभिस्टा कास्कीका सदस्य तथा गायिका माया पुनको नेतृत्वमा छहारी क्लबका तुलन बुढा मगर, कमल सापकोटा, सरु पुन, सुस्मा घमाल, ललित पुन, सन्जय गुरुङ, बिधान रानामगर लगायत ८ जनाको टोली गत भदौँ १४ गते बाढी प्रभावित जिल्ला प्रस्थान गरेको थियो । 

बाढीले आक्रन्तम बनाएको तराईमा बाढी प्रभावित जनतालाई आफुले सक्दो सहयोग गर्न गायिका पुनले सबैलाई आग्रह गरेकि छिन् ।

Events
Random Picks