प्रशिद्ध ज्योतिष रुद्रनाथ अधिकारी भदौको अन्तिम साता पोखरा आउने
4-September-2017


जकसन डटकम
पोखरा, २० भदौँ


ज्योतिष विज्ञानमा आस्था राख्ने भक्तजनहरुलाई मध्येनजर गरी पर्यटकीय शहर पोखरामा प्रशिद्ध ज्योतिष रुद्रनाथ अधिकारी भदौको अन्तिम साता पोखरा आउने भएका छन । अन्तराष्ट्रिय स्तर मै ख्याति प्राप्त तथा एबिसी न्युज टेलिभिजनमा हरेक दिन ज्योतिष दर्पण कार्यक्रम सञ्चालन गर्दै आएका ज्योतिष अधिकारी भदौको २४ देखि ३० गते सम्म पोखरामा रहनेछन । 

पोखरा र आसपासका श्रद्धालु भक्तजनको आमन्त्रणलाई स्वीकार गरी ज्योतिष अधिकारी आगामी भदौको २४ देखि ३० गते सम्म पोखराको सिर्जनाचोकमा रहेको साइमन पार्टी प्यालेसबाट भक्तजनहरुलाई परामर्श प्रदान गर्ने कार्यक्रम संयोजक बालकृष्ण पौडेलले जानकारी दिए । 

ज्योतिष अधिकारी संग परामर्श लिनका लागी अग्रीम नाम दर्ता गर्न सक्ने पौडेलले वताए । ज्योतिष संग परामर्श लिनका लागी मोवाइल नम्बर ९८४९०१३७८०, ९८५१०१४५५३, ९८४५०८४२८९ मा फोन मार्फत पनि नाम टिपाउन सक्नेछन । 

तीन वर्ष अगाडी पोखरामा आएर भक्तजनहरुलाई परामर्श दिइसकेका ज्योतिष अधिकारी पुनः तीन वर्षपछि पोखरा आउने खबर थाहा पाएपछि पोखरा आसपासका भक्तजनहरु निकै उत्साहित भएको स्थानिय संयोजक भक्त बहादुर केसीले वताए । केसीका अनुसार राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका ज्योतिष संग परामर्श लिनका लागी भक्तजनहरुले नाम टिपाउने क्रम बढ्दो छ ।  

विभिन्न समयमा आप्mना भविष्यवाणीहरुका कारण राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रसिद्ध ज्योतिष रुद्रनाथ अधिकारी हाल एबिसी न्युज च्यानलमा बिहान ९ बजे देखि १० बजे सम्म दैनिक ज्योतिष दर्पण कार्यक्रमबाट ज्योतिष विज्ञानको बारेमा जिज्ञासाहरुको समाधान गर्दै आएका छन । 

Write a Comment

Events
Random Picks