बिनासकारी महा–भुकम्पको भविष्यवाणी गर्ने ज्योतिष पोखरामा
8-September-2017

जसक डटकम
पोखरा, २३ भदौ

प्रशिद्ध ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीले ज्योतिषहरुलाई मर्यादित बनेर काम गर्न आग्रह गरेका छन । पोखरा बिहीबार आयोजित पत्रकार सम्मेलन मार्फत ज्योतिष अधिकारीले पछिल्लो समय ज्योतिषका नाममा कमाउ धन्दामा लागेको आरोप लगाउदै ज्योतिष पेशालाई मर्यादित बनाउन आग्रह गरे । 

उनले ज्योतिष शास्त्रलाई विज्ञानका रुपमा विकसित मुलुकहरुले मान्यता दिएपनि नेपालमा भने यसको महत्व ज्योतिषहरुलेनै घटाएको आरोप समेत लगाए ।  त्यसैगरी झोलामा रत्न बोकेर विना अध्ययन कमाउ धन्दामा हिडेका झोले ज्योतिषले बेच्ने गरेको रत्नको कुनै महत्व र महिमा नभएको वताउदै अधिकारीले रत्न शास्त्रको बारेमा जान्न चाहनेहरुलाई पोखराको साइमन पार्टी प्यालेसमा एक हप्ते प्रशिक्षण कार्यक्रममा सहभागी हुन समेत आग्रह गरे । 

देशमा ठूलो विपद आउदै छ भनी घोषणा गरेका पण्डित डाक्टर अधिकारीलाई प्रहरी प्रशासनले निगरानीमा राखेपनि उनैले भनेबमोजिम देशमा २०७२ सालको बैशाखको १२ गते शनिवार बिनाशकारी भुकम्प आएको थियो । ज्योतिष शास्त्रको वारेमा विभिन्न ४२ मुलुकको भ्रमण संगै प्रवचनमा सहभागी अधिकारीले पोखरामा रहेर भदौ २४ देखि ३० गते सम्म पोखराको साइमन पार्टी प्यालेसमा ज्योतिष विज्ञान सम्बन्धी परामर्श तथा प्रवचन प्रदान गर्ने कार्यक्रम रहेको छ । 

स्थानिय संयोजक भक्त बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय कार्यक्रम संयोजक बालकृष्ण पौडेल, पत्रकार एमबी आस्थाले पनि वोलेका थिए । 

यसैविच पत्रकार कल्याणकारी कोषका लागी ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । 

 

Write a Comment

Events