दशैँमा बिग एफएमको रेडियो गेम शो ‘महा–आजिजा’ हुने, पोखरा सस्तो बजार मुख्य प्रायोजक
11-September-2017


जकसन डटकम
पोखरा, २७ भदौँ

बडादशैँको अवसरमा यो पटक पनि बिग एफएमले रेडियो इभेन्ट ‘महा–आजिजा’ गर्ने भएको छ । हरेक चाड स्रोताहरुसँगै मनाउने बिग एफएमले गर्न लागेको यो पटकको ‘महा–आजिजा’ सातौँ सँस्करणको हो । 

घटस्थापनादेखि सप्तमीसम्म चल्ने यो रेडियो गेम शोमा सहभागी भएर स्रोताहरुले २० हजार रुपैयाँसम्म जित्न सक्ने एफएमले जनाएको छ । यो पटक रेडियो गेम शो ‘महा–आजिजा’लाई पृथ्वीचोकस्थित ‘पोखरा सस्तो बजार’ले मुख्य प्रायोजन गरेको छ । सुर्यदिल ग्रुप इन्भेष्टमेन्ट कम्पनी प्रालिले यो बजारलाई नयाँ व्यवस्थापनसहित ‘स्मार्ट बजार’को रुपमा संचालनमा ल्याउन लागेको छ ।  

‘दशँैलाई स्रोताहरुसँगै मनाउने उद्देश्यले हामीले वर्षेनी यो कार्यक्रमलाई निरन्तरता दिईराखेका छौँ ।’ एफएमका कार्यक्रम  सँयोजक संजोग बस्यालले भने–‘स्रोताहरुको बाक्लो सहभागिताको अपेक्षा हामीले गरेका छौँ ।’ सात दिनसम्म चल्ने यो रेडियो गेम शो मा सहभागि हुन स्रोताहरुले एसएमएसबाट दर्ता हुनुपर्ने एफएमले जनाएको छ । 

एसएमएस दर्ताको लागि स्रोताहरुले मोबाईलको मेसेज बक्समा गई द्यक्ष्न्  टाईप गरि क्उबअभ दिएर ँः लेखि आफ्नो नाम र नम्बर लेखेर ३४३२१ मा पठाउनुपर्नेछ । हरेक दिन साँझ ७ बजेदेखि ९ बजेसम्म चल्ने रेडियो गेम शोका लागि दर्ता भएका स्रोताहरुको नम्बरमा एफएमले नै फोन गरेर गेम खेल्नेछ । सामान्य ज्ञानबाट सोधिएका प्रश्नहरुको सहि उत्तर दिँदै जाने स्रोताहरुले अधिकतम २० हजार सम्म जित्न सक्नेछन् ।  

बिग एफएमले हरेक चाडपर्वलाई यस्तै विभिन्न खाले इभेन्टहरु गरेर स्रोताहरुसँग मनाउँदै आएको छ । 

Write a Comment