बैदाम प्रहरीद्धारा पत्रकार गिरीमाथी प्रहरी दुब्र्यवहार
20-September-2017


उमा आलेमगर
पोखरा, ०४ असोज

पत्रकार एकराज गिरीलाई प्रहरीले दुब्र्यवहार गरेको छ । गोरखापत्रका पोखरा लेखनाथ संवाददाता तथा पत्रकार महासंघ कास्कीका कार्यसमिती सदस्य गिरीलाई मेट्रोसिटी हस्पिटल परिसरबाट दुब्र्यवहार गरी तीन जना प्रहरी जवानले जवरजस्ती जाली भ्यानमा राखेर बैदाम चौकीमा लगेको हो ।

घटना मंगलबार सांझको हो, मंगलबार सांझ एकराज गिरीका दाजु शिव गिरीलाई ग १ ज ३८३२ नम्बरका ट्याक्सी चालक रामचन्द्र ढकालले ट्याक्सीको ह्वील पानाले टाउकोमा प्रहार गर्दा घाइते भए । घाइते गिरीलाई मेट्रोसिटी अस्पतालमा उपचारको लागि लगियो । उपचारको क्रम जारी रहेको वेला प्रहरीले ट्याक्सी चालक रामचन्द्र ढकाल र गिरी पक्षका दुईजनालाई छलफलको लागी बैदाम चौकी लैजान लागे ।

उनीहरु संगै दाइको उपचारका लागी हस्पिटल पुगेका पत्रकार गिरीलाई पनि प्रहरीले आफुहरु संगै जान आग्रह गरे, गिरीले आफु छलफलका लागी नजाने र जान परे आफ्नै स्कुटरमा जाने बताए तर प्रहरी जवानहरुले मानेनन र तीनजना प्रहरीले गिरफतारीको शैलीमा जवरजस्ती भ्यानमा राखेर दुब्र्यवहार गरेको हो ।

पत्रकार गिरीले आफु दाइको उपचारको लागी अस्पतालमा बस्छु, नभए म मेरै साधनमा छलफलका लागी चौकी आउछु भन्दा पनि प्रहरीले जवरजस्ती भ्यानमा कोचेर दुब्र्यवहार गरेको गिरीले हिमशिखर डटकमलाई वताए । घटनाबारे बुझ्दा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडक बहादुर खत्रीले घटनामा प्रहरीले जवरजस्ती नभइ नियन्त्रणमा लिने क्रममा असामान्य ब्यवहार हुन पुगेको वताए । केही महिना अगाडी विग एफ एमका सञ्चारकर्मी आस्था नेपालीलाई पोखरा शस्तो बजारमा रिपोर्टिङको क्रममा वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक बसन्त कुमार शर्माले दुब्र्यवहार गरेका थिए ।

यसअघि पनि पोखराको चिप्लेढुंगाबाट तत्कालिन वैदाम प्रहरीका प्रमुख प्रहरी निरीक्षक मोहनमणी अधिकारीको पालामा पत्रकार एमबी आस्थालाई मापसे गरेको भन्दै जवरजस्ती भ्यानमा राखेर प्रहरीले मध्येरातमा बैदाम चौकीमा पु¥याएको थियो । सो घटनामा तत्कालीन कास्की प्रहरी प्रमुख घनश्याम अर्यालले पत्रकार आस्थालाई जवरजस्ती प्रहरी भ्यानमा हाल्न लगाउने प्रहरी हवलदारलाई माफी माग्न लगाएको थियो ।

Write a Comment

Events
Random Picks