दरबारथोकमा नवदुर्गा पुजाको तयारी पुरा
20-September-2017


जकसन डटकम
पोखरा, ०४ असोज

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ दरबारथोकमा अवस्थित चण्डिमाई मन्दिरमा वडा दशैंको अवसरमा गरिने नवदुर्गा पुजाको सम्पुर्ण तयारी पुरा भएको छ ।
 
पोखराको न्युरोड र नयाँवजार जस्ता मुख्य तथा व्यस्त वजार क्षेत्रमा भएर पनि प्रचारप्रसारको कमिले ओझेलमा परेको चण्डि मन्दिरको व्यापक प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकासको लागि केहि वर्षदेखि नवदुर्गा उत्सव मनाईदै आएको आयोजक समितिका अध्यक्ष हरि बहादुर भुजेलले वताए ।
 
हरेक वर्ष अस्थायी मुर्ति बनाउँदा खर्च धेरै लाग्ने भएकोले मन्दिर परिसरमा स्थायी रुपमा वहान सहितको दुर्गा भगवती, गणेश, लक्ष्मी, कुमार र सरस्वतीको आकर्षक मुर्ती स्थापना गरिएको छ ।
 
असोज ५ गते घटस्थापनादेखि १३ गतेसम्म श्रीमद् देवी भागवत पुराण चण्डि पाठ परायण, दैनिक आरति तथा फुलप्रसाद ग्रहण गरिने छ भने ११ गते फुलपातीको दिन फुलपाती भित्र्याउने, १२ गते वेलुकी देवीको तेश्रो नेत्र दर्शन गरी १३ गते पुजा समापन गरिने प्रचारप्रसार संयोजक कृष्णबहादुर रानाभाटले वताए ।

Write a Comment

Events
Random Picks