प्रस्याङ रातामाटा आमा समुहको ८ औ बार्षिक साधारण सभा सम्पन्न
25-September-2017


जकसन डटकम
पोखरा, ०९ असोज

प्रस्याङ रातामाटा आमा समुहको ८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।समुहकि अध्यक्ष गोमा सोतिको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रमुख अतिथि  ५ न वडा अध्यक्ष धनबहादुर नेपालिले उद्घाटन गरेका थिए । 

सो अबसरमा उदघाटन मन्तब्यका क्रममा  प्रमुख अतिथि नेपालिले वडा न ५ लाई नमुना वडा बनाउन यश वडाका सरोकारवाला समुदाय आमा समूह तथा टोलबिकाश सस्थाको महत्त्वपूर्ण भुमिका रहने बताउदै भौतिक पुर्बाधारसगै सचेतना अभिबृद्दिका लागि विशेष कार्यक्रम गरिने बताएका छन । 

कार्यक्रममा प्रस्याङ रातामाटा टोलबिकास सस्थाका अध्यक्ष डिल्लीराम भट्टराई ,पुर्ब अध्यक्ष लेखनाथ सोति,भोजराज पौडेल, बिष्णुराज पराजुलि लगायतले बोलेका थिए । आमा समुहका सचिब पबित्रा शर्माले बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष लक्ष्मि दाहालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । 

Write a Comment