२४ घण्टा बजार खोल्न व्यवसायीले अटेर गरेको प्रहरीको भनाई
25-September-2017


उमा आलेमगर
पोखरा, ०९ असोज

२४ घण्टा बजार खोल्न व्यवसायी तयार नभएको कास्की प्रहरीले बताएको छ । सोमबार पत्रकारसँग शुभकामना आदानप्रदान एंव भेटवार्ता कार्यक्रममा एसपी असोक सिंहले २४ घण्टा बजार खोल्न प्रहरी तयार भएपनि व्यवसायीले नै अटेर गरेको बताएका हुन् ।

यस्तै नेपालीहरुको महान् चाड बडादशैं नजिकिएसँगै कास्की प्रहरीले नाका चेकजाँचमा कडाई गरेको छ । कार्यक्रममा सुरक्षा योजना बारे जानकारी गराउँदै जिल्ला भित्रिने र बाहिरिने गाडीहरुमा निगरानी बढाएको कास्की प्रहरीले जनाएको हो । एसपी असोक सिंहले चाडपर्वहरुमा अप्रिय घटना हुन नदिनका लागि पोखराका मुख्य नाका र बजार क्षेत्रलाई कडा निगरानीमा राखिने बताए । उनका अनुसार चाडपर्व सुरक्षाका लागि ३ तहको योजना बनाईएको छ ।

आउटर रिङ, इन्टरमिडियट रिङ र कोर एरिया गरी ३ क्षेत्रमा सुरक्षाकर्मी परिचालन हुने सिंह बताउँछन् । ‘हामीले पोखरा भित्रिने नाकाहरुमा कडाइका साथ जाँच गर्नेछौं । विगतमा अपराधिक गतिविधिमा संलग्न रहेको व्यक्तिहरुलाई पनि विशेष निगरानीमा राख्छौं, उनले भने–ठाउँठाँउमा चेक गर्ने र शंका लागेका व्यक्तिहरुलाई सोधपुछ गर्ने काम हाम्रो पहिलो प्राथमिकता हो । बजार क्षेत्र पनि पूर्ण निगरानीमा हुन्छ ।’ कुनै पनि बेला भइपरि आउने घटनाका लागि सजग भएर प्रहरी खटाउने उनको भनाई छ ।

गाडीमा लागू भएको भाडादर कार्यान्वयनलाई पनि प्राथमिकता साथ हेरिने उनले बताए । चाडपर्वको मौका छोपेर गाडीमा भाडा अत्याधिक बढ्ने गुनासो नौलो होईन । तर यसपालि कुनैपनि यात्रुले बढी भाडा तिर्नुपर्दैन, सिंह भन्छन्–बढी भाडा असुले हामीलाई खवर गर्नुस् । तुरुन्तै कारबाही हुन्छ ।’ चाडपर्वमा अन्य समयभन्दा चोरी लुटपाट जस्ता आपराधिक घटना पनि बढ्ने हुँदा जिल्लाभित्रका प्रहरीलाई हाई अलर्टमा रहन उनको निर्देशन छ । आगामी दिनमा पत्रकारसँग सहकार्य गरे जाने सिंहले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले प्रहरीद्धारा हरेक चोटि पत्रकारलाई दुव्र्यवहार हुदाँ समाजमा नकारात्मक सन्देश जाने हुदाँ भएकोले भोलिको दिनमा प्रहरीलाई नै समस्या हुने बताए । 

कार्यक्रममा पत्रकार बद्रीविनोद प्रतिक, कमल पौडेल अथक, पुण्य पौडेल, अर्जुन गिरी, केशवशरण लामिछाने, सुमन शर्मा लगायतले जिज्ञासा राखेका थिए ।

 

Write a Comment

Events